spot_img

‘पहिचानवादी’ को निसानामा एमालेःपार्टी अध्यक्ष ओलीमाथि दुर्व्यवहार

spot_img

झापा — ‘समृद्धिका लागि संकल्प यात्रा’ को १२ औं दिन घुर्की हुँदै कोशी प्रदेश टेकेको एमाले टोलीमाथि पहिचानवादीहरूले अवरोध सिर्जना गरेका छन् । मंगलबार खोटाङको हलेसी हुँदै ओखलढुंगाको हर्कपुर पुगेर सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । पहिचानवादीहरूले बन्द आह्वान गरेरै कार्यक्रम बिथोल्ने प्रयत्न गरे ।पहिचानवादी नेता तथा पूर्वसंस्कृतिमन्त्री गोपाल किराँतीले एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै किटेर ‘चिहान खन्ने’ धम्की दिएका थिए । मदन भण्डारी लोकमार्गको गौंडा ढुकेर बसेका पहिचानवादीहरूले बाटो अवरोध पार्न रूख मात्रै ढालेनन्, ठाउँ–ठाउँमा आगजनीसम्म गर्न भ्याए ।

विवादास्पद अभिव्यक्ति बाहिरिनेबित्तिकै पूर्वमन्त्री किराँतीसहित जनता समाजवादी पार्टी खोटाङका जिल्ला सदस्य राजेश राई, वाईसीएल नगर इन्चार्ज विजय राई र जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राईलगायत दर्जन बढी नेता÷कार्यकर्तालाई प्रहरीले पक्राउ ग¥यो । त्यही दिन नुनथलाबाट नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदिम चाम्लिङ पक्राउ परेका थिए । प्रशासनले एस्कर्टिङ गरेर ओलीलगायतका नेताहरूलाई सभास्थल हर्कपुर पु¥यायो । सभालाई सम्बोधन गर्दै ओलीले पहिचानवादी र सरकारविरुद्ध चर्को भाषण गरे ।

किराँतीसहितका पहिचानवादी नेता पक्राउ गरेको आक्रोशको घानमा परे, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की । दमकको एक कार्यक्रममा भाग लिन आइरहेका उनलाई १ नम्बर प्रदेश पुनः नामकरण संघर्ष समितिका संयोजक पाण्डवलाल चौधरीलगायतका पहिचान पक्षधरहरूले कालो झन्डा मात्रै देखाएनन्, मुख्यमन्त्री सवार गाडीमा ढुंगा नै प्रहार गरे । मुख्यमन्त्रीको गाडीमाथि तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले त्यही रात प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक चौधरीलाई अर्जुनधारा–६ स्थित घरबाटै पक्राउ गरेको थियो । उनलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको छ ।

चौधरीको रिहाइको माग गर्दै पहिचानवादीहरूले जिल्ला प्रशासन कार्यालयमा बुधबार ज्ञापनपत्रमार्फत २४ घण्टे अल्टिमेटम दिएका छन् । चौधरीलाई नछाडे थप संघर्षका कार्यक्रम अघि बढाइने पहिचानवादी नेता दिपेनवाला राईले चेतावनी दिए । प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समितिका अनुसार एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा खोटाङ, भोजपुर, धनकुटा, संखुवासभा र झापासहितका जिल्लाका २४ जना बढी पहिचान पक्षधर नेता, कार्यकर्ता पक्राउ परेका छन् । ‘पहिचानविरोधी एमाले र ओलीको विरोध जारी रहन्छ,’ एक पहिचानवादी नेताले भने, ‘एमाले र ओली जहाँ भेटिन्छन्, त्यहीं हामी अवरोध गर्छौं ।’

एमाले अध्यक्ष यतिबेला पहिचान पक्षहरूका नजरमा ‘प्रधान शत्रु’ झैं बनेका छन् । उनीसहित एमालेका नेता केही महिनायता पूर्वमा निरन्तर लखेटिँदै आएका छन् ।

योगेश भट्टराईदेखि महेश बस्नेतसम्मका एमाले नेता पहिचानवादीको आक्रमणमा परिसकेका छन् । पूर्वमा आएका एमाले नेता जहाँ पुग्छन्, त्यहीँ पुग्छन् पहिचानवादी र बिथोल्छन् कार्यक्रम । अनि, कालो झन्डा देखाएर ढुंगामुढाकै तहमा उत्रिन्छन् ।

एमाले नेतृत्वको प्रदेश सरकारले २०७९ फागुन १७ मा प्रदेशको नाम कोशी राखेयता यो प्रदेश अशान्त छ । एमालेले षड्यन्त्रपूर्ण ढंगबाट प्रदेशको नाम ‘कोशी’ राखेको भन्दै असन्तुष्ट पहिचान पक्षधरहरू एमालेप्रति आक्रामक बन्दै गएका हुन् । ‘एमालेकै नेतृत्वमा नामांकन भएका कारण उनीहरू एमालेप्रति अलि बढी आक्रामक रूपमा आएको देखिन्छ,’ एमालेका एक प्रदेशस्तरीय नेताले भने, ‘असन्तुष्टि पोख्न पाइन्छ तर सबै एमालेले मात्रै गरेको भन्दै निरन्तर एमालेलाई तारो बनाइराख्नचाहिँ पाइन्न होला ।’

ओलीमाथि दुर्व्यवहार

कोशी प्रदेशप्रति असन्तुष्ट पहिचान पक्षधरहरूले ९ महिनायता पुनः प्रदेश नामकरण माग गर्दै आन्दोलन गरिरहेका छन् । जसको सबभन्दा बढी निसानामा परेका छन् एमाले र अध्यक्ष ओली । प्रदेशको नाम ‘कोशी’ खारेजीको माग गर्दै आन्दोलनरत पहिचानवादीले ओली पूर्व आउनेबित्तिकै अवरोध गरे । कतिपय स्थानमा त आक्रमण प्रयास नै भएको पनि पाइएको छ ।

समृद्धि यात्राकै क्रममा बिहीबार धनकुटामा ओलीमाथि पहिचान पक्षधरले दुर्व्यवहार गर्न खोजेको भिडियो ‘भाइरल’ भएको छ । भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा एक व्यक्तिले उनीमाथि अभद्र व्यवहार गरेका हुन् । ओलीलाई स्वागत गर्न लाइनबद्ध रहेको ठाउँबाट एकाएक बाहिर आएर ओलीमाथि हातपात प्रयास भएको हो । घटनामा संलग्न महालक्ष्मी नगरपालिका–५ लेगुवाका महेश राईलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता राजबाबु महर्जनले जानकारी दिए । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले मादक पदार्थ सेवन गरेका व्यक्तिले देखाएको अस्वाभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएको बताए ।

यसैबीच, धनकुटाबाट प्रहरीले पहिचानवादी आन्दोलनमा संलग्न १८ जनालाई नियन्त्रणमा लिएको छ । प्रदेश पहिचान संयुक्त संघर्ष समिति संखुवासभाका संयोजक वीरेन्द्र्र खारा राईसहितका कार्यकर्ता छन् । किरात राई यायोख्खाका धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसिं तिगेला, उमा चामिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई, पनित कुलुङलगायत १८ जनालाई सिधुवा तथा लेगुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

वैशाख १३ मा झापाको बुद्धशान्ति गाउँपालिकामा ओली र हालै दिवंगत नेता सुवास नेम्वाङ सवार गाडीमा पहिचानवादीले ढुंगामुढा प्रहार गरेका थिए । आन्दोलनकारी–प्रहरीबीच झडप पनि भयो । एक प्रहरी घाइते भए । पहिचानवादी नेताहरू मित्र लिङ्देन र बुलेट किराँती पक्राउ परेका थिए । बुद्धशान्ति हुँदै इलाम उक्लिएका ओलीलाई १४ वैशाखमा सदरमुकाम इलाममा कालो झन्डा देखाइयो । वैशाख १५ मा तेह्रथुमको आठराई गाउँपालिका पुग्दा पनि ओलीले उस्तै अवरोध भोगे ।

वैशाख १६ मा झापा ओर्लिने क्रममा उनलाई पाँचथरको फिदिममा कालो झन्डा देखाइयो । सँगै उनीविरुद्ध चर्का नाराबाजी गरियो ।

पहिचान पक्षधरहरूको ९ महिनायता जारी आन्दोलनका क्रममा चैत १० मा पदम लिम्बू (लाजेहाङ) को मृत्यु भइसकेको छ । दर्जनौं घाइते भएका छन् । दर्जन बढी नेता–कार्यकर्ता पक्राउ परेका छन् । सरकारले चैत २४ मा लाजेहाङलाई सहिद घोषणा त ग¥यो । तर, पहिचानवादीले प्रदेशको नाम बहुपहिचानका आधारमा राख्न मागगर्दै आन्दोलन जारी राख्ने जनाउँदै आएका छन् । कान्तिपुरमा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img