धाे तराप,डाेल्पाेबुद्ध गाउँपालिकाका हरेक घरधुरीले १ कुन्टल खाद्यान्न ढुवानी अनुदान पाएका छन् । विश्वभर महामारीका रूपमा फैलिएको काेभिड १९ र राष्ट्रिय सडक सञ्जालले नजाेडिएकाे उपल्लाे डाेल्पामा खाद्यान्न संकट चुलिने खतरा थियाे । खाद्यान्न संकट पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै डाेल्पाेबुद्ध गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाले गाउँसभाबाट ढुवानी अनुदानका लागि ५० लाखकाे बजेट विनियोजन गरेकाे थियाे । मंसिर महिना भित्र प्रत्येक घरपरिवारलाई १ कुन्टल मैदा ढुवानी अनुदान दिइने र वितरणकाे काम शूरू भैसकेकाे र ५ सय कुन्टल मैदा वितरण भइरहेकाे गाउँपालिका अध्यक्ष तेम्वा गुरूङले जानकारी दिए ।

काेभिड १९ का कारण यश बर्षा यर्चागुन्बु टिप्न नपाएको र छिमेकी राष्ट्र चिनमा हरेक वर्ष हुने व्यापारीक मेला पनि नहुने भएकाले यस वर्षा चमाल र मैदा जस्तो खद्यान्न अभावकाे समस्या झेल्नु पर्ने भएकोले गाउँपालिकाे ढुवानी अनुदानले ठुलाे राहत मिलेकाे स्थानीय फुर्वा गुरुङले बताए ।


















