spot_img

राष्ट्रिय सभा सदस्य चुनावमा ७ मतदान स्थलमा १४ वटा केन्द्र रहने

spot_img

काठमाडौँ,  निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगले माघ ११ हुने निर्वाचनका लागि सात प्रदेशमा १–१ वटा मतदान स्थल र २–२ वटा मतदान केन्द्र तोकेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा ७ मतदान स्थलमा १४ वटा केन्द्र रहने

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगरलाई मतदान केन्द्र तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।त्यस्तै, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर, बामगतीका लागि भुटनदेवी मावि हेटौँडा र गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालयमा मतदान स्थल तोकिएका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्‍चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीलाई मतदानस्थल तोकिएको छ । सबै मतदानस्थलमा २–२ वटा केन्द्र राखिएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले मतदान गर्नेछन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img