spot_img

कांग्रेसको बागमती प्रदेश सम्मेलन आज

spot_img

काठमाडाैँ,प्रदेशहरूको पहिलो सम्मेलनमा केन्द्रित रहेको कांग्रेसले शनिबार काठमाडौंमा बागमती प्रदेशको पहिलो सम्मेलन गर्दै छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रदेश सम्मेलनको तयारी पूरा भएको जनाएको छ । बागमती कांग्रेसका प्रवक्ता तिलकप्रसाद रुवालीका अनुसार सम्मेलन सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा हुनेछ ।

सम्मेलनमा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न र थप जवाफदेही बनाउने विषयमा छलफल हुने प्रवक्ता रुवालीले जानकारी दिए । साथै, कांगे्रसको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचन प्रणालीलाई चुस्त र थप समावेशी बनाउने विषय सम्मेलनको एजेन्डा रहेको उनले जानकारी दिए । सम्मेलनमा छलफलका लागि राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रदेश कार्यसमिति बैठकबाट पारित भएको छ । सम्मेलमा इतर समूहका नेता डा. शेखर कोेइरालालाई दोस्रो वरीयता नदिएको भन्दै इतर समूहले भने विरोधको तयारी गरेको छ । कांग्रेसका ६ प्रदेशका सम्मेलन भने भइसकेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img