spot_img

दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडियो

spot_img

हुम्ला — सलीसल्लामा बेलिब्रिज जडान भएसँगै दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । चंखेली र सर्केगाड गाउँपालिकाको सिमाना सलीसल्लाको कर्णाली नदीमाथि बेलिब्रिज निर्माण हुँदा दक्षिणी हुम्लाका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन्। गत जेठबाट सुरु भई कात्तिकमा सम्मन्न भएको बेलिब्रिज शुक्रबार एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उद्घाटन गरे ।

कर्णाली नदीमा बेलिब्रिज नहुँदा सर्केगाड–१ जैर, अदानचुली र ताँजाकोट गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि यसअघि सलीसल्लाको कर्णाली नदीपारिसम्म मात्र यातायातका साधन आउने गर्थे । सलीसल्लाको कर्णाली नदीमाथि ४८.७६८ मिटर लम्बाई र ४.२० मिटर चौडा बेलिब्रिज बनेसँगै चंखेली र सर्केगाड पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएका हुन् । सो बेलिब्रिज निर्माणका लागि १ करोड ८६ लाख ७२ हजार ४६० रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी २०८० जेठ १३ गते कङ्ग्री निर्माण सेवासँग हिल्सा–सिमकोट सडक आयोजनाले सम्झौता गरेको थियो ।

बेलिब्रिज उद्घाटनका लागि सल्लिसल्ला पुगेका यातायातमन्त्री ज्वालाले समयमै पुल निर्माण भएका कारण यसै आर्थिक वर्षमा हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने नेपाल सरकारको लक्ष्यलाई सघाउ पु¥याएको बताए । राष्ट्रिय सडक सञ्जालले नजोडिनेमा हुम्लाको नाम आउने गरेकोमा आगामी असार मसान्तसम्म हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोडेपछि यो उपमा पनि हट्ने उनले बताए ।

सिमकोट सडक जोड्नका लागि चुनौतीको रुपमा रहेको छारे क्षेत्रको चट्टानी भीरमा सेनाले काम गरिरहेको र खार्पुमा रहेको दोजाम कर्णाली नदीमा पनि आउँदो वैशाखसम्म बेलिब्रिज निर्माण सकिने गरी काम अगाडि बढेको कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । विकासका लागि सरकार एक्लै ले चाहेएर मात्र हुँदैन, यसमा जनताको पनि उत्तिकै सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा हुम्लाबाट प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, सर्केगार्ड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया, चंखेली गाउँपालिकाकी उपाध्यक्ष प्रेमकला शाही, ताँजाकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापालगायत स्थानीयवासीहरुको उपस्थिति थियो । कान्तिपुरमा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img