spot_img

मुगुमा अनमी विकलाई जातीय विभेद गरेको आरोपमा २ जना पक्राउ,अन्य आरोपितहरु खोज्दै प्रहरी

spot_img

मुगु, सोरु गाउँपालिका–९, खनैयाँ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी (अनमी) तुलसाकुमारी विकलाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले पीडितले ३ जनाविरुद्ध उजुरी दिएको र तीमध्ये २ जनालाई नियन्त्रणमा लिइसकिएको जानकारी दिए। ‘अहिले हामी जातीय विभेद कसुरमा जाहेरी दर्ता गर्दै छौँ’, उनले भने, ‘त्यसपछि आरोपितलाई अदालत लगेर म्याद थप गर्छाैं।’

उनका अनुसार जाहेरी नाम उल्लेख एक जना भने पक्राउ गर्न बाँकी रहेको उनले बताए। सोही कारण अहिल्यै पक्रउ परिसकेका २ जनाको नाम भन्न पनि उनले मानेनन्।

‘एक जना पक्राउ गर्नै बाँकी छ’, उनले भने, ‘जाहेरी दर्ता गरी अदालतबाट म्याद थपेपछि हामी नाम सार्वजनिक गर्छौँ, अहिले नाम नखोलौ।स्रोतका अनुसार पक्राउ परेकामा एकजना खनैयाँ स्वास्थ्य चौकीकै इन्चार्ज सुरजकुमार शाहीकी आमा छिन्।

स्थायी घर दाङ भएकी अनमी तुलसाकुमारी गत वर्ष माघदेखि खनैयाँ स्वास्थ्यचौकीमा कार्यरत छिन्। उनी स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमारी शाहीकै घरमा डेरा लिएर बसेकी थिइन्। तर गत वैशाखमा जात थाहा पाएपछि उनकी आमाले डेरा सर्न दबाब दिएको आरोप अनमी विकको छ।

यति मात्र होइन, गाउँका पसलेले समेत किनमेल गर्दा सोझै हातमा नदिई भुइँमा राखेर दिने गरेको गुनासो विकले गरेकी छन्।

साथै सरु गाउँपालिकाकै शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लले यौन दुर्व्यवहार गरेको आरोपसमेत अनमी विकले लगाएकी छन्।

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ अनुसार जातीय विभेद गरेको ठहरिएमा पीडकलाई ३ महिनादेखि ३ वर्षसम्म कैद वा ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्नेछ। सार्वजनिक पदमा बसेका व्यक्तिलाई यसमा ५० प्रतिशत थप सजाय हुनेछ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img