spot_img

सांसद कोइरी निलम्बन फुकुवाःजनता र विकासको कुरा दह्रोसँग उठाउँने दावि

spot_img

काठमाडौं,नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले जनता र विकासको मुद्दा संसदमा दह्रोसँग उठाउने बताएका छन् ।आफ्नो सांसद पदको निलम्बन फुकुवा माग गर्दै आइतबार संघीय संसद सचिवालयमा निवेदन दिएपछि संसदले उनको निलम्बन पनि फुकुवा गरेको छ ।

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले २८ मंसिरमा सफाइ दिएको थियो ।संसद सचिवालयले निलम्बन फुकुवाको निर्णय दिएपछि  उनले भने, ‘जनताको कुरा लिएर, पार्टीको कुरा लिएर अगाडि बढ्छु । मेरा धेरै कुरा विकाससँग जोडिएको छ । मलाई समाजसेवी भनेर चिन्दछन् । त्यसअनुसार आफ्नो भूमिकामा दह्रो गरी संसदमा प्रस्तुत हुन्छु ।’

आफ्नो स्वभाव र विचारधारा स्वतन्त्र जस्तो भए पनि पार्टीको नीति अनुसार चल्ने पनि उनको प्रतिवद्धता छ ।संसद सचिवालयका अनुसार कोइरीले माग गरे अनुसारको निलम्बन फुकुवाको विषय प्रक्रियामा छ । २०७७ सालमा जनकपुर उच्च अदालतले फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

चुनाव जितेपछि ७ पुस २०७९ मा प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सहभागी भएका कोइरी २५ पुसमा बसेको प्रतिनिधिसभाको पहिलो बैठक र २६ पुसको दोसो बैठकमा उपस्थित थिए । फरार सांसद संसदमा उपस्थित भएको भनी प्रश्न उठेपछि कोइरी सम्पर्कविहीन थिए ।प्रतिनिधि सभाको पहिलो अधिवेशनमा कोइरीको अनुपस्थितिको सूचना स्वीकृत हुन सकेको थिएन ।

प्रहरी प्रधान कार्यालयले दुई पटकसम्म कोइरीलाई निलम्बन गर्न पत्र पठाएको थियो ।प्रतिनिधि सभा नियमावली २०७९ ले फारार सांसद निलम्बित हुने व्यवस्था समेत गरेको थियो । यी तीन कारणबाट कोइरी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए । त्यसपछि निरन्तर सम्पर्कविहीन रहेका कोइरी महोत्तरी जिल्ला अदालतबाट सफाइ पाएसँगै संसद सचिवालय पुगेका हुन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img