spot_img

विकास पुगेर पनि गाउँ किन रित्तिँदै छ, समस्याको समाधान खोजौँःराष्ट्रपति पौडेल

spot_img

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगेर पनि त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिँदै छ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

‘लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिँदै छ ? नीति–निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ,’ आफू अध्ययन गरेको सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार क्याम्पसपरिसरमा आयोजित समारोहमा बोल्दै उनले भने, ‘यतिवेला म यस क्याम्पसको वार्षिकोत्सवमा उभिएर के भन्न चाहन्छु भने शिक्षा र रोजगारीका लागि दैनिक रूपमा हजारौँ नेपाली युवा ताँती लागेर बिदेसिने क्रम रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी छ ।’

कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुरूप निर्धारण हुनुपर्नेमा उनले जोड दिए। बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पु¥याउने र विश्वबजारमा पनि प्रतिस्पर्धी हुन सक्ने शिक्षानीति र कार्यक्रम आजको आवश्यकता हो भन्ने उनको भनाइ थियो । ‘यसका लागि सामूहिक प्रयत्नको जरुरी छ, जसको थालनी उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूबाट हुन आवश्यक छ,’ राष्ट्रपति पौडेलले भने ।

उनले आफू स्वयंले अध्ययन गर्ने अवसर पाएको देशकै पुरानो शिक्षण संस्था सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सवमा उपस्थित हुन पाउँदा निकै खुसी लागेको बताए ।

‘मेरा जीवनको ऊर्जावान समय र मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा मेरो सहभागिता पनि यस क्याम्पससँग जोडिएको सन्दर्भमा म आज यहाँ उपस्थित भइरहँदा अलिकति भावुक पनि भएको छु । मभित्र रहेको राजनीतिक चेतलाई प्रखर बनाउन यस क्याम्पसको वातावरणले दिएको ऊर्जा र प्रेरणा मेरा लागि सदा स्मरणीय रहनेछ,’ उनले भने ।

सबै नेपालीका छोराछोरीले शिक्षा प्राप्त गर्न अत्यन्त कठिन भइरहेका ती दिनमा पनि सस्तो र सुलभ ढंगले नेपाली जनताका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको यस क्याम्पस नेपालको शिक्षा क्षेत्रका लागि प्रेरणाको स्रोत रहेको उनले उल्लेख गरे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img