spot_img

प्रधानमन्त्री प्रचण्डकाे घाेषणासँगैःप्रधानमन्त्री कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती

spot_img

काठमाडौँ — सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत कर्मचारीहरूको ६८ वटा दरबन्दी कटौती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती

सो सर्वेक्षण स्वीकृत भएपछि कार्यालयमा कार्यरत ६८ वटा कर्मचारी दरबन्दी कटौती हुने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार अब त्यसरी कटौती भएको दरबन्दीमा कार्यरत कर्मचारीहरूको अर्को ठाउँमा सरुवा हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि आफूले कार्यभार सम्हालेको वर्ष दिन पुगेको सन्दर्भमा आफ्नै मन्त्रालयको पुनःसंरचना गरेर नयाँ वर्षमा कामको थालनी गर्ने घोषणा गरेका थिए । त्यही घोषणाबमोजिम कार्यालयको कर्मचारी व्यवस्थापन नयाँ ढंगले अघि बढेको मन्त्री शर्माले बताइन् ।

त्यस्तै, बैठकले प्राविधिक सीप तथा व्यवसायिक तालिम परिषद्को सदस्य सचिवमा महेश भट्टराईलाई तोक्ने निर्णय गरेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img