spot_img

अत्यधिक चिसाे बढेपछि हिमाली जिल्ला डोल्पामा २ महिना विद्यालय बन्द !

spot_img

पुर्ण कुमार,डोल्पा

पुस १२ हिमाली जिल्ला डोल्पामा जाडो बढे सगै २ महिना विद्यालय बन्द हुने भएको छ । अत्याधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा अप्ठ्यारो भएपछि पुस दोस्रो सातादेखि आगामी फागुन पहिलो हप्ता सम्मका लागि जाडो बिदा दिने गरिएको छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका भित्रका २९ विद्यालय विद्यालयहरुमा दुई महिना जाडो बिदा दिने गरेको त्रिपुरासुन्दरी नगरपालिकाका शिक्षा शाखा प्रमुख भीम थापाले जानकारी दिए । जाडोमा विद्यालय सञ्चालन गर्दा विद्यार्थी बिरामी हुने भएकाले पठनपाठन बन्द गरिएको प्रमुख थापाको भनाइ छ।

पालिकाले २ महिना जाडो बिदा दिने निर्णय गरेपछि नगरपालिका भित्र कार्यरत शिक्षकहरु आफ्नो घरतर्फ लागेका छन्। उपल्लो डोल्पाका विद्यालयहरू चिसोको कारणले गर्दा मंसीरमै बन्द भै सकेका छन्। भने तल्लो डोल्पाका केही विद्यालयहरुमा वार्षिक परीक्षा चलिरहेको छ ।

परीक्षा सकिने बितिक्कै विद्यालयहरु बन्द हुने छन् । डोल्पामा अत्याधिक हिउँ पर्ने र जाडो हुने भएसी अधिकांश विद्यालयहरू पुस दोश्रो साता देखि बन्द भै फागुन पहिलो साता देखि खुल्ने गर्छन् । चिसो बढेपछि उपल्लो डोल्पाका बासिन्दाहरु जाडो छल्न गाउँ नै खाली गरेर बेँसीतिर समेत झर्न थालेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img