काठमाडौँ,ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुष हुन् । किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर ल्याइएका एक पुरुष घाइतेको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ। आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनले भने, ‘आन्दोलित युवाको समूहले गाडीमा आगजनी गरेको हो। हामीले पाँचजना पक्राउ गरेका छौँ। मन्त्रीज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पु¥याएको छ।’ ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाले बिहानदेखि आन्दोलन गरिरहेका थिए।