spot_img

अनमी तुलसा विकलाइ याैन हिंसा गरेकाे भन्दै शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लविरुद्ध मुद्दा दर्ता,३ जना पक्राउ

spot_img

काठमाडौं ः स्वास्थ्यकर्मी (अनमी) तुलसाकुमारी विश्वकर्मालाई यौन हिंसा गरेको अभियोगमा मुगुको सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ।

मुगुको सोरु गाउँपालिका–९, खनैयाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी २३ वर्षीया तुलसाकुमारीले मल्लविरुद्ध जिल्ला अदालत मुगुमा यौन हिंसाको मुद्दा दिएकी हुन्।

तुलसाले यही पुस ११ गते मल्लविरुद्ध जिल्ला अदालतमा फिरादपत्र दर्ता गराएकी हुन्। मल्ललाई अदालतले शुक्रबार २१ दिने समाव्हान म्याद दिएको जिल्ला अदालत मुगुका सूचना अधिकारी जयलाल बुढाले जानकारी दिए। ‘मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरअन्तर्गत दफा २२४ अन्तर्गत मुगु जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ’, सूचना अधिकारी बुढाले भने, ‘२१ दिने अदालतमा हाजिर हुन आउने (समाव्हान) जारी गरेका छौं। तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ।’

तुलसाले शिक्षा शाखा प्रमुख मल्लले आफूलाई पटक–पटक यौन हिंसा गरेको अभियोग लगाएकी छन्। कहिले भेटेर त कहिले फोनमार्फत मल्लले यौन हिंसा गरेको दाबी पीडितले गरेकी छन्।

सामाजिक सञ्जालमा भाइरल भिडिओमा तुलसाले आफूलाई एक बर्थडे पार्टीमा मल्लले चिसो पेय पदार्थमा झुक्याई रक्सी मिलाएर खुवाई सार्वजनिक रूपमा बदनाम गरेको बताएकी छन्।

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरअन्तर्गत दफा २२४ मा यौन दुर्व्यवहार गर्न नहुने उल्लेख छ। उपदफा (१) मा कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउनुहुँदैन भनिएको छ।

उनलाई जातीय विभेद गरेको आरोपमा खनैयाँ स्वास्थ्यचौकीका इन्चार्ज सुरजकुमार शाही, उनकी आमा झापु शाही र किराना पसल सञ्चालन गर्ने धनप्रसाद भट्ट हाल हिरासतमा छन्। उनीहरूका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img