spot_img

काम नगर्ने मन्त्रीलाई तुरुन्तै फिर्ता बोलाउनुपर्छः महामन्त्री थापा

spot_img

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा मन्त्री भएर काम नगर्ने मन्त्रीहरूलाई पार्टीले तुरुन्तै फिर्ता बोलाएर अर्कोलाई मौका दिनुपर्ने बताएका छन् । उनले अब नेतृत्वले डेलिभेरी गर्न नसक्ने व्यक्तिलाई मौका दिएर हेर्ने समय पार्टीसँग पनि नभएको बताए ।

शनिबार भक्तपुर–२ को क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘सरकार भनेको प्राइभेट कम्पनी होइन । नौ महिना भनेको थोरै समय होइन, अहिले देश कांग्रेसको जिम्मामा छ । जसले त्यो जिम्मेवारी निभाउन सक्दैन । जसले काम गर्न सक्दैन, उसलाई मौका छैन । काम नगर्ने मन्त्रीलाई तुरुन्तै फिर्ता बोलाउनुपर्छ ।’

उनले पार्टीमा सबैजसो निर्णयमा सभापतिको भूमिका रहेको भन्दै नेता कार्यकर्ताले पार्टी बिग्रियो भनेर आफूतिर हेर्ने गरेको सुनाए ।

‘सबैले मतिर फर्किएर पार्टी बिग्रियो भन्नुहुन्छ । तर सबै कुरा सभापतिको हातमा छ । ल सबैले पार्टी सच्याउन नै चाहेको हो भने तत्कालको कुरा गर्दा राष्ट्रिय सभा सदस्य निर्वाचनको टिकट वितरण गर्ने अधिकार मलाई दिनुहोस्, म कसरी न्याय गर्नुपर्ने हो ? गरेर देखाउँछु,’ थापाले भने ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img