डाेल्पा,पूर्व पर्यटन राज्यमन्त्री तथा डाेल्पाका प्रतिनिधिसभा सदस्य धनवहादुर बुढाले डाेल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका वडा न -११ बन्तडी निवासी चन्द्र बहादुर रोकायलाइ २० हजार नगद सहयाेग गर्नुभएकाे छ। राेकायकाे उपचारमा थाेरै भएपनि राहत मिलाेस् र काेहि जिल्लावासि पैसाकै कारण उपचारबाट बञ्चीत हुन नपराेस भन्ने उदेश्यका साथ सहयाेग गरेकाे सांसद बुढाले जानकारी दिए।
राेकाय केहि दिन पहिले आफ्नो घर निर्माण गर्दा छ्तबाट लडेर सशक्त घाइते भइका थिए। उनकाे हाल नेपालगन्ज मेडिकल कलेज (नर्सिङ होम )मा उपचार भैइरको छ। उनकाे टाउकाेमा धेरै चोट लागेको हुनाले छिटै अफ्रेशन गर्नु पर्ने अस्पतालले भनेकाे परिवाजनकाे भनाइ छ। राेकायकाे घरको आर्थिक अबस्था निकै कम्जोर भएकोले सहयोगि तथा मनकारि ब्यक्तीहरुलाइ सहयोग गरिदिनु हुन अनुरोध समेत गरेका छन् ।
सहयाेग गर्न चाहानेले तलकाे नम्वरमा सम्पर्क गरेर सहयाेग गर्न सक्नुहुनेछ।
बिरामी कुरुवा ,चन्द : ब:पुन 9844853176 कृस्ण , कु,रोकाय 9843171381 


















