spot_img

बालकुमारी घटनामा मुछिएका भौतिक मन्त्री ज्वालालाई फिर्ता बाेलाउन प्रधानमन्त्रीको आग्रह

spot_img

प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई मन्त्री पदबाट फिर्ता गर्न नेकपा एसलाई आग्रह गरेका छन्। नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पार्टीतर्फबाट मन्त्रीलाई फिर्ता बोलाइदिन आग्रह गरेका हुन्। ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयमा पुस १३ गते दुई जनाको ज्यान गुमाउनुमा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार देखिएपछि प्रधानमन्त्री दाहालले उनलाई फिर्ता गर्न अध्यक्ष नेपाललाई आग्रह गरेको स्रोतले जनाएको छ।

‘भौतिक तथा यातयातमन्त्री विवादमा पर्नु भयो उहाँलाई फिर्ता बोलाउँदा राम्रो होला’, प्रधानमन्त्री दाहालले नेपाललाई आग्रह गरेको भनाई उद्धृत गर्दै स्रोतले भन्यो। दक्षिण कोरिया रोजगार अनुमति प्रणाली ९ईपीएस० मा सीप बिल्डिङका लागि परीक्षा दिएर अनुत्तीर्ण भएका २८ हजारमध्ये केही युवाहरूले शुक्रबार ईपीएस शाखा कार्यालय ग्वार्को नजिक आन्दोलन गर्ने गरिरहेका बेला मन्त्री ज्वाला झन्डावाला गाडीमा सवार थिए । त्यस क्रममा मन्त्रीलाई जोगाउँदा सुरक्षाकर्मीको गोली लागी दुई जनाको मृत्यु भएको थियो। सयौँ युवाहरू बिहीबारैदेखि शाखाबाहिर पुगेर आन्दोलन गरिरहेको र त्यो

आन्दोलन शुक्रबार पनि निरन्तर भएको अवस्थामा मन्त्री ज्वाला भने आफूलाई जानकारी नभएको र सुरक्षाकर्मीले खबर नगरेको भन्दै उम्किने, जोगिने प्रयासमा लागेका थिए। तर सुरक्षाकर्मीले उनकै कारण दुई जनाको मृत्यु भएको जनाएको थियो।

सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवरले आन्दोलनको उत्पत्ति श्रम मन्त्रालयबाट भएको र दुई जनाको ज्यान जानुमा भौतिक योजना मन्त्री जिम्मेवार रहेको बताएपछि समितिले उनीहरुमाथि छानबिन गर्न निर्देशन दिएको थियो। राज्यव्यवस्था समितिले श्रममन्त्री र गृहमन्त्रीको विषयमा पनि प्रश्न उठाएको छ। तर उनीहरूको बारेमा भने प्रधानमन्त्री मौन रहेका छन्। नागरिक दैनिकमा खवर छ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img