spot_img

डोल्पाकाे सडक पूर्वाधार र सञ्चार क्षेत्रकाे विकासका लागि मन्त्रीकाे ध्यानाकर्षण

spot_img

डोल्पा,पूर्व पर्यटन राज्यमन्त्री तथा डोल्पाका प्रतिनिधिसभा सदस्य धनबहादुर बुढा लगाएत उपल्लाे डाेल्पाका जनप्रतिनिधि सहितकाे टाेलिले जिल्लाकाे सडक पूर्वाधार र सञ्चार क्षेत्रकाे विकासका लागि संघिय सरकारका मन्त्रीहरूकाे ध्यानाकर्षण गराएका छन्। विहीबार टाेलिले सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाई भेटेर उक्त माग रखेका हुन्।

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा नेपाल टेलिकमको फोरजी सेवा विस्तारका लागि माग गरिएको सांसद बुढाले बताए। सबैखाले विकासले पछि परेको उपल्लो डोल्पामा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा भएको समयमा टुजी टावर विस्तार गरिएको र अब तीनवटै पालिकामा रहेका टावरहरूमा फोरजी जोड्न माग गरिएको उनले जानकारी दिए। आफूहरूले राखेको मागप्रति मन्त्री शर्मा सकारात्मक भएको उनको भनाइ छ। तल्लो डोल्पामा बाँकी रहेको केही ठाउँमा फोरजी विस्तार गर्न समेत आग्रह गरिएको उनले बताए।

त्यसैगरि टोलीले भौतिक पूर्वाधार मन्त्री ज्वालालाई भेटेर ल्यासीक्याप–शिसौल सडक सेनालाई यथाशीघ्र जिम्मा दिएर काम सुचारु गराउन तथा दुनै–ल्यासीक्याप–कागकोट–छार्का–मुस्ताङ जोड्ने सडकका लागि बजेट व्यवस्था गर्न माग गरिएको छ। मौरे–त्रिपुराकोट–दुनै–फोक्सुन्डो हुँदै मोरिम्ला र क्याटो नाकासम्म सडक निर्माण गर्न समेत माग गरिएको सांसद बुढाले बताए। आफूहरूको मागप्रति मन्त्री ज्वालाले माग पुरा गर्ने अाश्वासन दिएकाे सांसद बुढाले जानकारी दिए।

तल्नु–दुनै हुँदै ल्यासीक्यापसम्म सडक स्तरोन्नतिका लागि दुई अर्ब बजेट निकासा भइसकेको र अब केही महिनाभित्र ठेक्का खुल्ने भेरी करिडोरका कार्यालय प्रमुख सुजन अधिकारीले जानकारी दिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img