spot_img

प्रमुख दलहरूले लगभग टुङ्ग्याए राष्ट्रियसभा उम्मेदवारहरूःकांग्रेस,एमाले र माओवादीबाट काेकाे उम्मेदवार सिफारिस् भए हेर्नुहाेस् नावावलीसहित

spot_img

काठमाडौँ, नेपाली कांग्रेसको कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने तय भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

त्यस्तै, मधेस प्रदेशमा आनन्द ढुङ्गानाको नाममा लगभग सहमति जुटिसकेको छ । बागमती प्रदेशमा भने उम्मेदवार टुङ्ग्याउन केही विवाद देखिएको छ । तरुण दलका पूर्व अध्यक्ष जीतजंग बस्नेत कि काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलाई उम्मेदवार बनाउने विषयमा नेताहरूबिच विवाद देखिएको छ ।

गण्डकी प्रदेशबाट सोभियत अधिकारीको नाम लगभग टुङ्गिएको अवस्था छ । लुम्बिनी प्रदेशबाट पुष्पा भुसाललाई ल्याउने चर्चा भए अहिले इतर पक्षबाट विष्णु सापकोटा आउन सक्ने सम्भावना छ । उता कर्णालीमा विवाद देखिएको छ । खुल्ला सदस्यमा संस्थापनबाट कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाया नाम चर्चामा छ भने इतर पक्षले भूपेन्द्र जंग शाहीको नाममा अडान लिएको छ ।

सुदूरपश्चिमममा खुल्लाबाट कञ्चनपुरका पूर्व जिल्ला सभापति बलदेव बोहरा र अल्पसङ्ख्यक÷अपाङ्गमा कैलाली जिल्ला सभापति नारायण दत्त भट्टको नाम चर्चामा छ ।

राष्ट्रिय सभामा माओवादीबाट उम्मेदवार
राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारूढ दल नेकपा माओवादी केन्द्रले उम्मेदवारको नाम टुंगो लगाएको छ।प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले सिट बाँडफाँट टुंग्याएपछि माओवादी केन्द्रले उम्मेदवारको नाम टुंगो लगाएको हो।

सिट संख्यामा सहमति भएसँगै माओवादी केन्द्रले ६ प्रदेशबाट ६ जनाको नाम सिफारिस गरेको हो। यसमा कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृणप्रसाद अधिकारी, गण्डकीबाट मनरूपा शर्मा सुवेदी, लुम्बिनीबाट झक्कुप्रसाद सुवेदी, कर्णालीबाट विष्णु विक र सुदूरपश्चिमबाट रेणु चन्दको नाम सिफरिस भएको छ।

आजको बैठकले कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी नेपालले एक सिटमा उम्मेदवारी दिने गरी सहमति भएको थियो। बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।

 

एमालेले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार
नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ।जसअनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी), बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा) छन्।

त्यस्तै, अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपांगता÷अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ), गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपांगता÷अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) छन्।

त्यस्तै, लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख), सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपांगता–अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) रहेको महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत जनाएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img