spot_img

काठमाडौं महानगरका विद्यालय तत्काल नखुल्ने,अनलाइन कक्षामै जाेड

spot_img

काठमाडाैँ,कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका काठमाडौं महानगरपालिकाभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपत् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरूसँग गरेको छलफलपछि तत्काल विद्यालय नखोल्ने निष्कर्ष निकालिएको हो ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विदेशका धेरै सहरमा पनि कोभिडका कारण विद्यालय बन्द रहेको स्मरण गराउँदै अहिले काठमाडौंमा कोभिड नियन्त्रणमा नआएकाले हतार गर्नु नहुने बताए । स्वास्थ्य मन्त्रालयका महानिर्देशक महेन्द्रमान श्रेष्ठले पनि पुसभित्र करिब ५० हजारको एन्टिजेन टेस्ट गर्ने तयारी रहेकाले त्यसको अवस्था हेरेर मात्रै अघि बढ्नुपर्ने बताए ।

काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले सबै सरोकारवाला निकायसँग छलफल गरेको उल्लेख गर्दै समन्वय गरेर मात्रै निर्णयमा पुग्ने बताए । ‘जिल्ला विपत् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरूले पनि तत्काल जोखिम नघटेकाले विद्यालय सञ्चालन गर्न हतार गर्नु नहुने सुझाब दिएका छन्,’ ढकालले भने, ‘यसबीच हामी निरन्तर छलफलमा रहन्छौँ । तयारी पनि अघि बढाइरहन्छौँ । त्यसपछि अवस्था हेरेर मात्रै विद्यालय खुला गर्छौं । अहिले तत्कालचाहिँ खुल्ने अवस्था रहेन ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img