spot_img

प्रहरीले सार्वजनिक गरेको शवको पहिचान: पतिले ब्वाइफ्रेण्ड र पत्नीको हत्या गरेको रहस्य खुल्यो

spot_img

चितवन,भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा मंसिर पहिलो साता बोराभित्र फ्याँकिएको दुई वटा शवको पहिचान खुलेको छ । प्रहरी स्रोतका अनुसार मंसिर ६ गते मारेर फ्याँकिएका दुवैजना भारत विहारका हुन् ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार विवाहेत्तर सम्बन्धका कारण उक्त घटना भएको पाइएको छ । पत्नीको अर्कैसँग सम्बन्ध रहेको थाहा पाएपछि पतिले ब्वाईफ्रेण्डसहित दुवैजनाको हत्या गरेको ती प्रहरी अधिकारीले बताए । पति भने भारतमा अर्को हत्यामा पनि संलग्न पाइएको बताइएको छ ।

प्रहरीले मारिएका र संलग्नको नामठेगानासहित घटनाको विस्तृत विवरण केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

दुईजनाको शव हातखुट्टा डोरीले बाँधेरर बोराभित्र हाली कल्भर्टमुनि फ्याँकिएको अवस्थामा भेटिएको थियो । प्रहरीले लामो समयसम्म मृतकको पहिचान गर्न नसकेपछि हुलिया र स्केच सार्वजनिक गरेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img