spot_img

आगामी तीन दिनको मोसम पूर्वानुमानः कुन दिनको मौसम कस्तो ?

spot_img

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार बिहीबार देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन । यसैगरी, आज बिहान पूर्वी तथा पश्चिमी नेपालको तराई भूभागमा हुस्सु र कुहिरो लागिरहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिन बिहीबार, शुक्रबार र शनिबारको मौसमको पूर्वानुमान यस्तो छ ः

पौष २ (बिहीबार)

दिउँसोः प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातीः देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ३ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातीः प्रदेश नं १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ४ गते (शनिबार)

दिउँसोः प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीः देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img