आज पनि देशका केही भागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
बिहान तराईका अधिकांश भू–भागहरुमा हुस्सु÷कुहिरो लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक÷दुई स्थानमा दिउँसो र राति हल्का हिमपातको पनि सम्भावना रहेको छ ।