spot_img

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचितःराप्रपामा विवाद फिर्ताहुन निर्देशन

spot_img

विराटनगर,कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ लिएका छन् ।मंगलबार प्रदेशसभाबाट निर्वाचित भए लगतै विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

राप्रपा समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा एमालेको समर्थनमा सभामुख बनेका हुन् । सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित थिए । सभामुख विष्टले सबै दलसँग समन्वय गरेर काम गर्ने बताए । निर्वाचित भएपछि उनले भने, ‘सबै दलका नेताहरुसँग समन्वय गरेर प्रदेशलाई अगाडि बढाउँछु ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशबाट सभामुख फिर्ता गर्न केन्द्रीय समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको छ । मंगलबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कोशी प्रदेशका सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको हो ।

केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पार्टी अध्यक्ष समेत सहभागिता रहेको पार्टीको पदाधिकारी बैठकमा कोशी प्रदेशको सभामुख पदमा उम्मेदवारी दिने या नदिने भन्ने बुँदामा व्यापक छलफल भएको हो । छलफलमा पार्टीले सञ्चालन गर्ने आन्दोलनलाई समेत दृष्टिगत गर्दा पदमा जानु उपयुक्त नहुने सहमति भएको हो ।’

पार्टीको केन्द्रीय निर्देशन विपरीत राप्रपाका अम्बरबहादुर विष्टले कोशी प्रदेशको सभामुखमा उम्मेदवारी दिएका थिए । तर उनी पार्टीभित्रैको विवादका बीच कोशी प्रदेशसभाको सभामुखमा सर्वसम्मत चयन भइसकेका छन् । राप्रपाका विष्टलाई सत्ता गठबन्धन र विपक्षी एमालेले पनि समर्थन गरेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img