spot_img

रामबहादुर बमजन लिटिल बुद्ध हाेइनःफिल्मी शैलिमा हत्या,बलात्कार जस्ता हिंसा गर्ने पशु निस्किए

spot_img

कुनै बेला बारा जिल्लाको घना जंगलबीचमा तपस्या गरेको भनेर चर्चा कमाएका र संसारभर ’लिटिल बुद्ध’ का नामले चिनिएका रामबहादुर बमजन पक्राउ परेका छन्। चार वर्षको खोजीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई बुढानिलकण्ठ, हात्तीगौंडास्थित एक घरबाट पक्राउ गरेको हो।

धेरै वर्षदेखि सिन्धुपाल्चोक, बारा, सर्लाही र सिन्धुलीका विभिन्न जंगलभित्र आश्रम खोलेर बस्दै आएका बमजन आफूलाई भगवान भनेर चिनाउँथे। त्यसपछि उनीविरूद्ध प्रहरीमा उजुरीहरू पर्न थाले। उनीविरूद्ध तीन आनी र दुई जनालाई बेपत्ता पारेको उजुरी प¥यो।

बेपत्तामध्ये एक जनाको हत्या नै भएको भन्ने प्रत्यक्षदर्शीको भनाइ थियो।

त्यही क्रममा सबैभन्दा सुरूमा आफू कसरी बमजनबाट यौन दुर्व्यवहारको शिकार भएँ भनेर एक युवतीले  बयान दिएकी थिइन्ः बमजनबाट यौन दुर्व्यवहारको शिकार एक पूर्वआनीको बयान दिएकी थिइन्। सबै उजुरीको आधारमा प्रहरीले त्यति बेला अनुसन्धान अघि बढाएको थियो। सिन्धुपाल्चोक प्रहरीले सिन्धुलीस्थित आश्रममा छापा पनि मारेको थियो।

२०७५ भदौ ३० गते रौतहटकी १८ वर्षीया गंगामाया तामाङले ललितपुरस्थित सामुदायिक रेडियोको कार्यालयमा पत्रकार सम्मेलन गरेर बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्।

उनले चार वर्ष बमजनको आश्रममा बस्दा देखेका र भोगेका दुर्व्यवहारबारे बोलिन्। अपराध महाशाखाका तत्कालीन प्रमुख धीरजप्रताप सिंहले गंगामायालाई बालबालिका संरक्षण गर्ने एउटा संस्थाको जिम्मा लगाइदिए।

प्रहरीले अनुसन्धान अघि बढाएपछि बमजन भने फरार थिए।  बमजनको दुर्व्यवहार र हिंसाका प्रत्यक्षदर्शी, कुनै समय उनकै चेला र अनुयायी भएर काम गरेका चार जना पनि थिए। त्यस्तै, विभिन्न समय बमजनको आश्रममा गएका र हराइरहेका तीन जना आनीका करिब एक दर्जन परिवारजन थिए।

हामीले भेटेर कुरा गरेकामा बमजन आश्रमबाट हराइरहेका एक जना अनुयायीका छोरा थिए। यी सबै भेटघाट र कुराकानीले तपस्वीको भेषमा बस्ने बमजन र उनको आश्रमबारे कहालीलाग्दो तस्बिर हाम्रासामु आएको थियो।

बमजन कुनै तपस्वी होइनन्। उनको आश्रममा ध्यान र तपस्या हुँदैन। बाहिरबाट जाने मानिसलाई देखाउन मात्र उनी त्यसको नाटक गर्छन्। उनमा कुनै आध्यात्मिक ज्ञान वा चेत छैन। न त उनलाई त्यसमा कुनै चासो छ। उनी एक सामान्य युवा हुन्। र, असामान्य यौन पिपाशु। गंगामाया मात्र होइन, उनको आश्रममा रहेका कयौं आनीको यौन शोषण गरेका छन्। आफूविरूद्ध उठ्ने आवाज दबाउन उनले हिंसाको व्यापक प्रयोग गरेका छन्।

उनको आश्रममा बसेका कम्तीमा तीन जना आनी बेपत्ता छन्। परिवार र आनीहरूमाथि आश्रममा गरिएको दुर्व्यवहार देख्नेहरूको बयानका आधारमा उनीहरू बेपत्ता हुनु रहस्यमयी छ। बमजनको निर्देशनमा एक जना अनुयायीलाई आश्रमभित्रै कुटेर हत्या गरिएको दुई जना प्रत्यक्षदर्शीले हामीलाई बताएका थिए। चार वर्षअघि बमजनको आश्रममा गएका बुबाको अझै अत्तोपत्तो नभएको उनका छोराले हामीलाई बताएका थिए।

करिब दुई वर्षअघि १४ जना नाबालिग केटीहरू सांसारिक जीवन त्यागेर आनी बन्न बमजनको आश्रम पुगेका थिए। उनीहरू १२ देखि १८ वर्षका थिए। उनीहरू बमजनलाई भगवान मानेर त्यहाँ पुगेका थिए।

पुगेपछि उनीहरूले थाहा पाए– बमजन भगवान होइनन्। उनी मानसिक हिसाबले स्वस्थ मानिस पनि होइनन् भन्ने उनीहरूले विस्तारै बुझे। यौन र हिंसाको आवेगले व्याकुल बमजन आफूहरूलाई यौन शिकार बनाउन चाहन्छन् भन्ने बुझ्दै गए। उनीहरूले बमजनका हर्कत सुरूमा पत्याएका थिएनन्। पुराना आनीले सचेत गराउन खोज्दा पनि बुझेका थिएनन्। जब बमजनकी श्रीमती दिपशिखा डुमजन स्वयंले बाध्य भएर एक साँझ सबै आनीका अगाडि उनको कर्तुतबारे बताइन्, उनीहरूको आकाश खस्यो।

’भगवानको घर’ ठानेको आश्रम नरक रहेछ भन्ने उनीहरूले थाहा पाए। त्यसको केही दिनमै जीवनसँग खतरा मोलेर पाँच जना आनी त्यहाँबाट भागे। पछि फेरि पाँच जना निस्किए। आश्रमबाट भागेका यी दस जनामध्ये तीन जनालाई बमजनले थर्काउँदै, फकाउँदै फिर्ता लगेका थिए।

गंगा सानै हुँदा उनकी आमा काम गर्न कुनै अरब मुलुक गएकी थिइन्। उतै बितिन्।बुबाले अर्की विवाह गरे। उनका बुबा सुरूदेखि नै बमजनका अनुयायी थिए। गंगाका दुई भाइलाई उनले बमजनकै आश्रम पु¥याएका थिए। परिवारकै सुझावमा गंगाले सांसारिक जीवन त्यागेर बाँकी जीवन आश्रममा बस्ने निधो गरेकी थिइन्। आनी बनेर ’भगवानको घर’ बस्ने भएकी थिइन्।

केही समयपछि नै ’भगवान’ ले उनलाई जिस्क्याउन थाले। हात हाल्न थाले।उनका बुबाले भनेका थिए, ’गुरूले कहिलेकाहीँ परीक्षा लिनुहुन्छ।’ गंगाले ठानिन्, गुरूले परीक्षा लिएका होलान्। विस्तारै गुरूले झुक्क्याएर अँगालोमा अँठ्याउन थाले। गुरूको नियतबारे गंगालाई अब शंका रहेन।

एक साँझ बमजनले गंगालाई भान्छा कोठाबाट बाहिर बोलाए। हात समातेर ताने। उनी कराउन खोजिन्। बमजनले गंगाको मुख थुनिदिए। तान्दै भित्र लगेर बलात्कार गरे।आफू बलात्कृत भइसकेपछि गंगाको ध्यान आफूभन्दा कलिला आनीहरूलाई जोगाउनमा केन्द्रित भयो। उनले कहिले बमजनको प्रतिवाद गरिन्, कहिले उनलाई फकाइन् त कहिले लडिन्।

बमजन यौन आकांक्षाले उन्मत्त थिए। उनको आश्रममा बसेका एक चेलाले  भनेका थिए, ’यौनशक्ति बढाउन गुरूले यार्चागुम्बा घोलेर खान्छ। मैले नै कतिपटक घोल बनाएर दिएको छु।’ अर्काले भनेका थिए, ’गुरूको मोबाइल फोन अश्लील भिडिओले भरिएको छ। मलाई फोन रिचार्ज गर्न दिँदा मैलै नै त्यस्तो भिडिओ हेरेको छु।’

सायद गंगाले नरोकेकी भए ती कलिला आनीहरू ढिलोचाँडो बमजनको यौन आकांक्षाको शिकार हुने थिए।

बमजनकी श्रीमती दिपशिखाको भूमिका पनि विवादास्पद र द्वैध चरित्रको देखिएको छ। उनी दार्जिलिङकी हुन्। उनकी फुपू धेरैअघि बमजनको दर्शन गर्न बाराको हलखोरिया आएकी थिइन्। धेरैपटक आउजाउ गर्दा उनी बमजनसँग नजिक भइन्। आश्रममा बस्न थालिन्। उनैले दिपशिखालाई दार्जिलिङबाट ल्याएर बमजनको सहयोगीका रूपमा स्थापित गरेकी थिइन्।

त्यो बेला बमजनको सम्बन्ध सर्लाहीको बाग्मती नगरपालिका–१२ की रिता वोटसँग थियो। उनी आश्रममा रितासँगै बस्न थालेका थिए। केही समयमै रिता रहस्यमय ढंगले बेपत्ता भइन्। त्यसपछि दिपशिखा बमजनकी आधिकारिक श्रीमती बनिन्। उनीहरूका एउटा छोरा छन्।

दिपशिखाले कयौंपटक आनीहरूलाई आफ्नो श्रीमानबाट बचाउन खोजेको देखिएको छ। तर, कयौंपटक उनले आनीहरूलाई आफ्ना श्रीमानसँग सुतेको आरोप पनि लगाएकी छन्। आनीहरूमाथि शारीरिक हमला गरेकी छन्। उनीहरूको श्रम शोषण गरेकी छन्। आनीहरूलाई भात पकाउन, भाँडा माझ्न, लुगा धुन, शरीरमा तेल दल्न र मालिस गर्नदेखि आफू बिरामी परेका बेला आची सोहोर्नसमेत लगाएकी छन्।

बमजनसँग पनि उनको राम्रो सम्बन्ध छैन। आनीहरूले हामीलाई भनेका थिए, ’दुवैबीच दिनदिनै झगडा हुन्छ। हातपात हुन्छ।’ बमजनको अपराधको फेहरिस्त सायद सबैभन्दा धेरै दिपशिखालाई नै थाहा छ। सायद कतिमा उनी आफैं अंशियार छिन्।

युवा तपस्वीका रूपमा करिब १३ वर्षअघि बाराको रतनपुरी जंगलमा देखा परेका बमजनको कथा आफैंमा कम तिलस्मी र कम विस्मयले भरिएको छैन। उनीसँग कति सम्पत्ति छ, हातहतियार छन्, कसैलाई थाहा छैन।

धेरै पहिले बमजनको आश्रम छाडेका उनका चेलाहरूले हामीलाई भनेका थिए, ’त्यही बेलै उनीसँग केही थान पेस्तोल र एउटा राइफल थिए। थुप्रै तरबार थिए। उनले काठमाडौंमा बनाउन लगाएर आश्रममा तरबार जम्मा गर्ने गरेका छन्।’सेताेपाटीमा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img