spot_img

फेरीयाे व्यवस्था,तर फेरिएन कर्णालीवासीका दुखःजहाज कुर्दाकुर्दै सुत्केरीकाे ज्यान गयाे

spot_img

हुम्लामा नेपालगन्जको जहाज कुर्दाकुर्दै एक सुत्केरीको मृत्यु भएको छ।जहाजको प्रतीक्षा गर्दागर्दै हुम्लाको ताजाकोट गाउँपालिका– ५ की २३ वर्षीय अंशु बुढाको मृत्यु भएको हो।बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा सोमबार राति १० बजे बुढाको मृत्यु भएको हो। 

पुस १२ गते ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिलता देखिएपछि परिवारले थप उपचारका लागि बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए।सुत्केरी भएको ११ दिनपछि बुढाको स्वास्थ्यमा श्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि स्वास्थ्य केन्द्र लगिएको मृतका ससुरा जितबहादुर बुढाले बताए।

जितबहादुरले भने,सुत्केरी हुँदा बुहारी र नातिनीको अवस्था ठिकै थियो। एक्कासि बुहारीलाई ज्वरो आउने, टाउको दुख्ने समस्या देखियो। उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगियो। त्यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज रेफर गरे।नेपालगन्जको जहाज नआएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरेको बुढाले बताए।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रञ्जित शाहका अनुसार उपचारका क्रममा सोमबार राति १० बजे उनको मृत्यु भएको हो।डा शाहले भने,सुत्केरी अवस्थामा सामान्यतया अक्सिजनको मात्रा ९५ भन्दा माथि हुनुपर्छ।

कोल्टी पुग्दा उनको अक्सिजन ४९ मात्रै थियो।दुर्गम क्षेत्रमा जोखिम परेका विपन्न समुदायका गर्भवती तथा सुत्केरी महिलाको समयमै हवाई उद्धार गर्न राष्ट्रपति महिला उत्थान कार्यक्रम भए पनि पहुँच नपुगेपछि अकालमै बुढाले ज्यान गुमाएकी हुन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img