spot_img

काठमाडाैँमा माघी मनाउने क्रममा भिडभाडमा च्यापिएर ११ जना घाइते (नामावली सहित)

spot_img

काठमाडौँ — काठमाडौंको टुँडिखेल मैदानमा माघी मनाउने क्रममा भिडभाडमा च्यापिएर ११ जना घाइते भएका छन् । काठमाडौं प्रहरी प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार टुँडिखेलमा लागेको माघी मेलामा भिडमा च्यापिएर ११ जना घाइते भएका हुन् ।सोमबार काठमाडौंको टुँडिखेलमा माघी मेला लागेको थियो । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेमा प्रहरी जवानसमेत रहेको बताइएको छ ।

प्रहरीले दिएको सूचना अनुसार घाइतेहरूको विवरण यसप्रकार रहेको छ ः–

१. खोटाङको हलेशी तुवाचुङ नगरपालिका वडा नं. १० घर भई हाल ललितपुर पाटन ढोका बस्ने वर्ष १२ को त्रिसना मगर (टाउकोमा चोट, बोल्न सक्ने)

२. सिन्धुपालचोक घर भई हाल ललितपुरको चामुण्डा बस्ने वर्ष १२ की अन्जना तामाङ (निधारमा चोट, बोल्न सक्ने)

३. धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाण्डौको फुटुङ बस्ने वर्ष १९ की रेजिना घले (निधार र मुखमा चोट, बोल्न सक्ने) ।

४. धनकुटा घर भई हाल ललितपुरको चाखुपाट बस्ने वर्ष १६ कि निकिता मगर (अनुहारमा चोट, बोल्न सक्ने) ।

५. बर्दियाको राधापुर नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं नयाँबजार बस्ने वर्ष ३० कि रेखा चौधरी (पेटमा चोट, बोल्न सक्ने) ।

६. प्युठानको खलंगा गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौंको फुटुङ बस्ने वर्ष १६ कि अनिसा केसी (दाहिने हातमा चोट, बोल्न सक्ने) ।

७. कैलालीको भजनी नगपालिका वडा नं. ३ घर भई हाल ललितपुर भैसेपाटी बस्ने वर्ष २५ की कल्पना चौधरी (टाउकोमा चोट, बोल्न सक्ने) ।

८. सुनसरी धरान उप–महानगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौं बनस्थली बस्ने वर्ष २२ कि मन्दिरा बस्नेत (बाया खुट्टा र कानमा चोट, बोल्न सक्ने) ।

९. ललितपुर महानगरपालिका वडा नं. २२ बस्ने वर्ष ४० कि मिना थापा (बेहोस अवस्थामा ल्याएको, हाल बोल्न सक्ने) ।

१०. कैलालीको घोडाघोडी गाउँपालिका घर भई काठमाडौं सितापाईला बस्ने वर्ष १९ कि रिजा रेस्मीमगर (निधार र पेटमा चोट, बोल्न सक्ने) ।

११. रोल्पा घर भई हाल कोसी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्रज पृथ्वी बुढामगर (बाया खुट्टामा चोट, बोल्न सक्ने) ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img