spot_img

झापा विद्रोह र जनयुद्धका नायक सत्तासीन हुँदा रेशम चौधरीलाई जेल हाल्नु खेदजनकःबाबुराम भट्टराई

spot_img

काठमाडौं, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सांसद रेशमलाल चौधरीलाई जन्मकैद सजाय तोकिनु खेदजनक विषय भएको बताएका छन्।

चौधरीलाई जन्मकैदको सजाय गरेको जिल्ला अदालत कैलालीको फैसला उच्च अदातल दिपायलले सदर गरेसँगै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

उत्पीडित थारु जातिको मुक्ति अभियानमा लागेका नेताहरुलाई पुन दोषी ठहर गर्नु दुःखद विषय भएकोसमेत उनको भनाई रहेको छ। सामाजिक सञ्जालमा बिहीवार राति भट्टराईले लेखेका छन्, ’सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायतका नेपालको सम्भवतः सबभन्दा पुरानो तर अत्यन्त उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुनः दोषी ठहर गर्नु अत्यन्त दुःखद छ!’

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ इंगित गर्दै उनले झापा विद्रोह र जनयुद्धका नायकहरु सत्तामा भएको बेला यस्तो हुनु खेदजनक भएको तर्क गरे।

’’झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन भएको बेला थारूविद्रोहको चाहिं अपराधीकरण हुनु विडम्बनापूर्ण र खेदजनक छ,’ भट्टराईले थप लेखेका छन्, ’उत्पीडित थारू जातिको पहिचान र अधिकारको लडाइकक एकदिन अवश्य विजयी हुनेछ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img