काठमाडाैँ,भेरी करिडोरमा पर्ने डोल्पाको ल्यासिक्याप देखि सिस्योल सडक खण्डको ट्याक खोल्नका लागि सेना पठाउँने विषयमा घनिभुत छलफल जारी छ। बुधवार पूर्व पर्यटन राज्यमन्त्री तथा डोल्पाका सांसद धनवहादुर बुढा,डाेल्पाेबुद्द गाउँपालिका अध्यक्ष कार्मा छोइवेल गुरुङ र उपाध्यक्ष पेम्मा धोर्चे गुरुङ,सडक विभागकामहानिर्देश सुशील बाबु ढकाल,भेरिकरिडाेरका डिइ सुजन इन्जिनियर,नेपाली सेनाका प्रमुख सेनानी विश्ववन्धु पहाडी लगाएतकाे सराेकारवाला टाेलिविच छलफल भएकाे हाे।
छलफलमा जाजरकोट डोल्पा १ सय १७ कि.मी को नेपाली सेनाले ट्याक ओपन गरेपछि हाल भइरहेको स्तरउन्नति गर्ने,दुनै ल्यासिक्याप सडकखण्डको २० कि.मी ट्याक काम जारी रहेपनि चाँडो सम्पन्न गर्ने,ल्यासिक्याप देखि सिस्योलसम्मको ३३ कि.मी कडा चट्टान रहेको सडक खन्ने काम नेपाली सेनाबाट मात्रै सम्भव भएकाेले सेनालाइ जिम्मा दिने विषयमा छलफल भएकाे र सम्बन्धित निकायमा समेत पहल गर्ने सहमति भएकाे सांसद बुढाले जानकारी दिए।
ट्याक खोल्न बाँकी यो सडक खण्ड कडा हिमाली चट्टान भएको र ब्लास्टिङ्ग बिना सडक खन्ने काम सम्भव नदेखिएकोले सेनालाइ जिम्मा दिनुपर्ने माग सरकार र संसदमा समेत जोडदार रूपमा उठाएको सांसद बुढाले जानकारी दिए । सांसद बुढाले थपे “जनताको माग अनुसार छिटो र छरितो रूपमा काम सेनाबाट मात्रै सम्भव रहेकोले अन्य विकल्प छैन। उत्तरी चिन देखि दक्षिणमा भारतलाइ जोड्ने मुलुककै छोटो त्रिदेशीय मार्ग भेरिकरिडोल चाँडो सम्पन्न गर्नु राज्यको दाइत्व हो। भेरि करीडोरले डोल्पा,कर्णली प्रदेशलाइ मात्र नभएर राज्यले नै ठुलो लाभ लिनसम्ने ब्यापारिक हव हुनेमा दुइमत छैन।राज्यले चाँडो भन्दा चाँडो ट्याक खोल्नुपर्छ मेरो जोडदार माग छ।” डोल्पाली जनप्रतिनिधि र जनताको माग राज्यले चाँडै संवोधन गर्ने सांसद बुढाको विश्वास छ।
सरकारले राष्ट्रिय सडक सञ्जालबाट बञ्चित रहेका काइके,डोल्पोबुद्द,शे फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाका जनतालाइ राष्ट्रय सडक सञ्जालमा यस सडकले जोड्ने जनप्रतिनिहरूले बताए।
लामो समयको प्रयासपछि भेरीकरिडोर अन्तरर्गतमै पर्ने तल्लु देखि दुनै सम्मको सडक खण्डमा पर्ने भेरी नदि र खोलाहरूमा दर्जन बढि पक्की पुलको ठेक्का चाँडै खोल्ने दिनरात लागेर भएपनि तल्लु देखि दुनै सम्मको सडकखण्डको कालोपत्रे गर्ने काम चाँडै शुरूवात गराउने सडक विभागका सडक विभागकामहानिर्देश सुशील बाबु ढकालले जानकारि दिए। भेरि करिडाेर निर्माणमा गम्भिर भएर लागेकाे उहाँकाे भनाइ छ।