spot_img

मुगुकी सगुना परियारले १ वर्षमा ७ ठाउँ लोकसेवा परीक्षामा पासःसंघर्ष ठ्याक्कै ‘टुवेल्थ फेल’ फिल्म जस्तै

spot_img

मुगु, ‘जति पढे पनि नेपालमा काम छैन, अझ गरिब र पिछडिएका जातिले त अवसर नै पाउँदैनन्’ भनेर निराश हुने र वैदेशिक रोजगारीको सोच राख्नेका लागि मुगुकी सगुना परियार ऊर्जाको पात्र बनेकी छन् ।

एक वर्षभित्र लोकसेवाका सात परीक्षामा नाम निकाल्न सफल उनले ‘आङ्खनै मुलुकमा रोजगारी पाउन सकिन्छ’ भन्ने गतिलो जवाफ दिएकी छन् । मुगुकी २५ वर्षीया स्टाफ नर्स सगुना परियार, जसले आत्मविश्वासलाई देखाएकी छन् भने दृढ संकल्पलाई सफलतामा परिणत गर्न सफल भएकी छन् ।

मुगु छायाँनाथ रारा नगरपालिका–१ छत्यालवाडा गाउँकी सगुना एक वर्षमा लोकसेवा आयोगले लिएका सातवटा फरक परीक्षामा नाम निकाल्न सफल भएकी छन् । हालै संघीय लोकसेवा आयोग कार्यालय दीपायलले सार्वजनिक गरेको स्टाफ नर्सको नतिजामा नाम निस्केसँगै सगुनाले एकै वर्षमा सातवटा लोकसेवा परीक्षा उत्तीर्ण गर्न सफल भएकी हुन् ।

उनले गत वर्ष लोकसेवा आयोग लुम्बिनीले लिएको प्रदेश निजामती सेवातर्फ अनमी, स्थानीय सेवातर्फ अनमी, कर्णाली प्रदेश अनमी र पब्लिक हेल्थतर्फ नर्सिङ, कोशी प्रदेश अनमी, संघीय लोकसेवा आयोग दीपायलबाट स्टाफ नर्स र निजामती कर्मचारी अस्पतालमा नाम निकालेकी थिइन् ।

‘दुर्गम ठाउँ, सञ्चार असुविधाका कारण नर्सिङ कहाँ पढाइ हुन्छ ? कहिले भर्ना खुल्छ ? कहिले प्रवेश परीक्षा हुन्छ ? भन्ने केही थाहा हुँदैन थियो । मुगु दुर्गम जिल्ला, गरिब तथा दलित परिवार अझ छोरी मान्छेलाई नर्सिङ पेसासम्मको यात्रा उनका लागि सहज पनि थिएन ।

सानैदेखि नर्स बन्ने सपना बुनेकी उनी पढाइमा अब्बल थिइन् । परिवारको पूर्ण साथ पाएकी उनले जसोतसो महेन्द्रनगरमा पीसीएल नर्सिङमा भर्ना खुलेको थाहा पाइन् । समयमै भर्ना खुलेको थाहा नपाएपछि एक वर्ष ‘ब्याक’ भएकी सगुनाले यसपटक छात्रवृत्तिमा नाम निकाल्न सफल भइन् ।

सेती महाकाली नर्सिङ क्याम्पसबाट २०७५ सालमा उत्कृष्ट नम्बरमा नर्सिङ पास गरिन् । पास भएलगत्तै उनी स्वास्थ्य सेवा कार्यालय मुगुमा दुई वर्ष करार सेवामा रहिन् । नर्सिङ पास भएलगत्तै लोकसेवा आयोगको तयारी गर्ने सोचमा थिइन्, उनी । तर, कोरोना महामारीका कारण रोकियो । महामारीकै दौरान लोकसेवाले अनमी र जनस्वास्थ्यमा दरबन्दी खुल्यो ।

त्यसपछि उनी लोकसेवा तयारी गर्न जागिर छोडेर राजधानी काठमाडौं पुगिन् । काठमाडौंमा एक महिना तयारी गरेपछि पुनः कोरोना दोस्रो लहरले उनको तयारी बीचमै रोकियो । त्यसपछि उनले तीन महिनासम्म अनलाइन कक्षा लिएर संघीय, प्रादेशिक र स्थानीय तहमा लोकसेवाले खुलाएका ७ पदमा परीक्षा दिइन् ।

त्यसपश्चात् नाम निस्के ठिकै छ, ‘खाली किन बस्ने ?’ भनेर उनी सुशील कोइराला क्यान्सर अस्पताल नेपालगन्जमा करारमा काम गर्न थालिन् । त्यसपछि लोकसेवा आयोगले नतिजा सार्वजनिक गर्न थाल्यो । पहिलोपटक कर्णाली प्रदेशले लिएको अनमी र जनस्वास्थ्यतर्फ नर्सिङ पदमा नाम निस्कियो । उनले अनमी छाडेर जनस्वास्थ्यतर्फ नर्सिङ सेवा रोजिन् ।

अन्तर्वार्तामा सफल भएर उनी गत ८ मंसिरदेखि दैलेख दुल्लु नगरपालिकामा पब्लिक हेल्थ नर्सका रूपमा कार्यरत छिन् । आफूभित्र भएको इच्छा र चाहनाअनुसार निरन्तर मेहनत गरे सफलता सहजै प्राप्त गर्न सकिने सगुना बताउँछिन् । ‘ आफूभित्र चाहना, इच्छा र त्यहीअनुसार दृढता र लगाव हुनुप¥यो असम्भव भन्ने केही छैन, अवसरका लागि बिदेसिनु नि पर्दैन,’ उनी भन्छिन्, ‘विदेश जाने सबैले अवसर नै नपाएरभन्दा पनि आकर्षक तलब सुविधाले पनि होला ।’

नेपालमा नर्सले जागिर नै पाउँदैनन्, उनीहरूको भविष्य नेपालमा छैन भन्ने सोच गलत रहेको सगुना बताउँछिन् । ‘हरेक ठाउँमा जागिर खान आङ्खना मान्छे चाहिने, भनेको सेवा सुविधा नहुनेजस्ता परिस्थितिले कतिपयलाई बिदेसिनुपर्ने बाध्यता पनि हुनसक्ने’ उनको बुझाइ छ । सगुनाले आफ्नै गाउँनजिकको सामुदायिक विद्यालय महाकाली माध्यमिक विद्यालयमा १० कक्षासम्म अध्ययन गरी एसएलसी उत्तीर्ण गरेकी थिइन् । राजधानी दैनिकमा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img