spot_img

संघ र प्रदेश सरकारबाट बाहिरने जनमत पार्टीको तयारी

spot_img

जनता समाजवादी पार्टीसँग विवाद भए पछि मधेश सरकारबाट बाहिरिएको जनमतले संघ सरकार छाड्नेरनछाड्नेबारे समीक्षा गरिरहेको बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनमत पार्टीलाई ‘फरक व्यवहार’ गरेको भन्दै सरकारबाट बाहिरिन सक्ने प्रवक्ता चन्दन सिंहले बताए ।

‘गठबन्धनमा भएका पार्टीबीच उचोनिचो व्यवहार हुनु भएन । यसबारेमा प्रधानमन्त्रीजीले पुनर्विचार गर्नुपर्छ,’ उनले भने, ‘यस्तै व्यवहार हो भने संघ सरकारमा बसिरहनुको औचित्य छैन ।’

उनले प्रधानमन्त्रीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई ‘बोकिरहेको’ भन्दै असन्तुष्टि जनाएको छ । ‘मधेशमा हामी सबभन्दा धेरै मत ल्याउने दल हौं । मधेशमा हाम्रो मतको सम्मान गर्नुपर्दैन रु’ उनले भने ।

मंगलबार मधेश सरकारबाट बाहिरिएको जनमतले संघ सरकारबाट बाहिरिनेर नबाहिरिनेबारे छिट्टै बैठक गरी निर्णयमा पुग्ने बताए ।

संघ सरकारमा जनमतबाट अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छिन् ।सप्तरीको राजविराजमा आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा–जनमत बीचको टकराव छताछुल्ल भएको थियो । विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत विरोध प्रदर्शनमै उत्रिएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img