spot_img

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजाःडाेल्पामा त्रिपुरासुन्दरी पहिलाे,जगदुल्ला दाेस्राे अन्यपालिकाकाे अवस्था सन्ताेषजनक ठुलीभेरीकाे मात्रै चिन्ताजनक (नतिजा सहित)

spot_img

डाेल्पा,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका स्थानीय तहहरूकाे संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा सार्वजनिक हुने क्रम जारी छ। पहिले नै प्रारम्भिक नतिजा सार्वजनिक भएपनि मुलुकभरका सबै स्थानीयतहहरूकाे अन्तिम नतिजा अहिलेसम्म पनि सार्वजनिक हुनेक्रम जारी छ।

डाेल्पा जिल्लामा रहेका ८ वटा स्थानीय तहहरूलाइ हेर्ने हाे भने ७ वटाकाे सार्वजनिक भएकाे छ भने १ वटाकाे बाँकी छ। हालसम्म सार्वजनिक भएकाे नतिजालाइ हेर्नेहाे भने त्रिपुरासुन्दरी नगरपालिकाले सबै भन्दा ९१.५% सहित पहिलाे स्थानमा पर्न सफल भएकाे छ। जगदुल्ला गाउँपालिका ९०.७५% सहित दाेस्राे,काइके गाउँपालिका ९०% सहित तेस्राे स्थानमा छन्। मुड्केचुला गाउँपालिका ८९.५%,शेफाेक्सुण्डाे गाउँपालिका ८७.७५%,छार्काताङसाेङ गाउँपालिका ७२.५%,ठुलीभेरी नगरपालिकाकाे जम्मा ६३% अंक प्राप्त गर्न गरेकाे छ। डाेल्पाेबुद्द गाउँपालिकाकाे नतिजा सार्वजनिक हुन बाँकी छ। सरकारी याे तथ्याङ्कलाइ हेर्दा डाेल्पामा ठुलीभेरी बाहेक अन्य स्थानीयतहहरूकाे स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनकाे नतिजा सन्ताेष जनक नै देखिन्छ। तर पहिलेका वर्षहरू भन्दा जिल्लाका सबै स्थानीयतहहरूमा नतिजा भने राम्राे हुँदै गएकाे देखिन्छ।

नतिजामा त्रिपुरासुन्दरी नगरपालिकाले उलेख्य छलाङ मारेकाे छ। पहिलेका वर्षहरूमा  ७५% हाराहारीमा हुने नतिजा गत अा.वमा उलेख्य प्रगति गरेकाे हाे। सधैँ नि.काे भरमा चल्ने नगरपालिकामा केहि वर्ष यता उप सचिवकाे दरवन्दीमा प्रमुख प्रशासकिय अधिकृतकाे नेतृत्वमा नगरपालिकाले उलेख्य प्रगति गरेकाे छ। सबै कर्मचारी र जनप्रतिनिधिकाे सहयाेगमा नतिजा राम्राे अाएकाे र अवका वर्षमा समेत अझ राम्राे गर्ने लक्ष्य रहेकाे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जग्दिशचन्द्र नेपालीले जानकारी दिनुभयाे। वर्षभरी कर्मचारीले गरेकाे मेहेनतकाे फल भएकाे र यसले सबैकाे हाैसला थप्ने अधिकृत नेपालीकाे भनाइ छ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले स्थानीय तहको वर्तमान अवस्था र सुधार गर्नु पर्ने पक्षहरूको लागि आवश्यक रणनीतिक कार्यदिशा तय गर्न अहम् भूमिका निर्वाह गर्ने एउटा औजारको रूपमा रहेको छ । यसले स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरूको जानकारी लिन, आवधिक समीक्षाको आधार प्राप्त गर्न र स्थानीय तहहरूको बीचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन सहयोग गर्छ । स्थानीय तहले गरेका राम्रा अभ्यास, सिकाई र उपलब्धिहरूलाई उजागर गर्दै सुशासन प्रवर्द्धन गर्न सुधारात्मक पक्ष तथा चुनौतीको पहिचान गरी नीतिगत कार्य योजना तयार गरी कार्यान्वयन गर्नु नै स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनको मुख्य उद्देश्य रहेका छन् ।

   

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img