spot_img

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच कुटाकुट

spot_img

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको विवादको क्लोज सर्किट ९सीसी० क्यामराको फुटेज बाहिरीएको हो।

शुक्रबार मध्याह्न १२ः०५ बजे अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भएको भिडियोमा देखिन्छ ।

‘वाक थ्रु गेट’ पार गरिसकेका मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गर्छन् । प्रहरी जवान अझै जाँच गर्ने प्रयास गरिरहन्छन्, त्यहीबीच विवाद हुँदा भनाभन र धकेलाधकेल भएको देखिन्छ ।

त्यसपछि ड्यूटीमा खटिएका प्रहरीका असई आएर कुटपिट गरेको फुटेजमा देखिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img