spot_img

सुर्खेत पुगेर घुम्नैपर्ने पर्यटकीय गन्तव्यहरूःकाँक्रेविहार र बुलबुलेतालका मनमाेहक तस्वीरहरू हेर्नुहाेस्

spot_img

रूपक कुलाल,सुर्खेत

पश्चिम नेपालकाे सुन्दर नगरि अर्थात कर्णाली प्रदेशको राजधानी सुर्खेत । सुर्खेतको बुलबुले ताल, काँक्रेविहार र देउतीबज्यैको दर्शन प्रमुख पर्यटकीय केन्द्र हुन् । कर्णाली प्रदेशको राजनधानी भएसँगै कर्णाली प्रदेशका पर्यटकीय स्थलहरू जाने पर्यटको संख्यामा पनि बढेको छ । कर्णालीका थुप्रै पर्यटकीयस्थलमध्येको सुर्खेत पनि एक हो ।

काँक्रेविहार

काँक्रेविहार दोस्रो लुम्बिनीका रूपमा परिचित छ । १३ औँ शताब्दीमा काँक्रेविहारको निर्माणको अनुमान छ । तर, यसको आधिकारिक तथ्य भने भेटिएको छैन । बौद्ध धर्मको व्यापकतालाई रोक्न शंकराचार्य र उनका शिष्य अनुयायीले बौद्धविहार भत्काई शिव मन्दिर निर्माण गरेको किंवदन्ती छ । काँक्रेविहारको भग्नावशेष हेर्दा उत्कृष्ट शिल्पकारी कालिगडले विभिन्न आकारमा रहेका ढुंगामा विभिन्न प्रकारका बुट्टाहरू कुँदेको देखिन्छ । जंगलभरि यस्ता बुट्टाहरू कुँदिएका ढुंगा भेटिन्छन् । बुद्धको मूर्ति पाइनु र नामको पछाडि विहार जोडिएबाट यो भग्नावशेष भगवान् बुद्धसँग सम्बन्धित मानिएको छ ।


बुलबुले ताल
बुलबुले ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य हो । सुर्खेत प्रदेश राजधानी घोषित भएपछि बुलबुले तालमा आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएकाले तालको नाम बुलबुले राखिएको बूढापाकाहरू बताउँछन् । ३० बिघा क्षेत्रफलमा फैलिएको बुलबुले ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य हो । बुलबुलेमा गार्डेन, शान्तिपार्क, पिकनिकस्थलसहित तालमा एउटा डुंगा पनि सञ्चालनमा रहेको छ । तालबाट निस्किएको पानीबाट परम्परागत १० धारा बनाइएको छ ।

गंगामाला देउती बज्यैको मन्दिर यहाँको चर्चित धार्मिक केन्द्र हो । देउती बज्यै मन्दिरको इतिहास सुर्खेतमा बसोवास गरिरहेका पुरानो राजी जातिसँग जोडिएको छ । देउती बज्यैको दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ । यस्तै गुँरासे डाँडा र सहिद पार्कमा समेत घुम्न सक्नुहुनेछ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img