spot_img

संघीय संसद्को हिउँदे अधिवेशन शुरू हुँदैः६३ नयाँ विधेयक प्रस्तुत हुने

spot_img

संघीय संसद्को हिउँदे अधिवेशनमा सरकारले पहिलो चरणमा ६३ विधेयक पेस गर्ने तयारी गरेको छ । कानुन मन्त्रालयका अनुसार १९ वटा मन्त्रालयका तर्फबाट अधिवेशनका लागि ६३ वटा विधेयक पहिलो प्राथमिकतामा राखिएको छ ।

विभिन्न मन्त्रालयबाट एक सय १७ विषयमा कानुन बनाउने तथा संशोधन गर्ने प्रस्ताव आएका थिए । त्यसमध्ये हिउँदे अधिवेशनको पहिलो प्राथमिकतामा ६३ वटा छन् । कानुन मन्त्रालयले दोस्रो प्राथमिकतामा ३९ र तेस्रो प्राथमिकतामा १५ वटा कानुनलाई राखेको छ ।

पहिलो प्राथमिकतामा राखिएको विधेयकको विवरण कानुन मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष प्रस्तुत गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले प्राथमिकताक्रममा केही परिमार्जन गर्न निर्देशन दिएका छन् ।

हिउँदे अधिवेशनका लागि कानुन मन्त्रालयले मन्त्रालयहरूसँग बनाउनुपर्ने कानुनहरूको अवधारणापत्र माग गरेको थियो । मन्त्रालयबाट कुल एक सय १७ विषयमा कानुन बनाउने तथा संशोधन गर्ने प्रस्ताव आएकोमा हिउँदे अधिवेशनको पहिलो प्राथमिकतामा ६३ वटा राखिएको हो ।

प्रधानमन्त्रीको निर्देशनपछि पहिलो प्राथमिकतामा फेरबदलका लागि कानुन मन्त्रालयले गृहकार्य थालेको छ । ‘यसमा हामी परिमार्जन गर्दै छौँ,’ कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले भने । उनका अनुसार पहिलो प्राथमिकतामा रहेर २३ देखि २५ वटा नयाँ कानुनको मस्यौदा संसद्मा पेस गरिनेछ । बाँकी ऐन संशोधनको रूपमा विधेयक आउनेछन् । मन्त्रालयले दोस्रो प्राथमिकतामा ३९ र तेस्रो प्राथमिकतामा १५ वटा कानुनलाई राखेको छ ।

मन्त्रालयले माघ मसान्त, फागुन १५ र फागुन मसान्तसम्म सदनमा पेस गर्ने गरी तीनवटा प्राथमिकताक्रम निर्धारण गरेको छ । ‘कानुनको मस्यौदा निर्माणको प्राथमिकतालाई हामीले माघ मसान्त, फागुन १५ र फागुन मसान्तसम्म गरी तीनवटा समयमा वर्गीकरण गरेका छौँ । यसअनुसार सम्बन्धित मन्त्रालयसँग मिहिन ढंगले छलफल गरेर कुन समयमा कुन विधेयक ल्याउने भनेर टुंग्याउँदै छौँ,’ कानुनमन्त्री धनराज गुरुङ भन्छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img