spot_img

अख्तियारमा कर्णालीका जिल्लाहरूबाट उजुरीका चाङःसबै भन्दा बढि सुर्खेत,कम डाेल्पाका उजुरी

spot_img

७ महिनामा करिव १ हजार उजुरी दर्ता,कुन जिल्लाबाट कति उजुरी दर्ता भए ?

रूपक कुलाल,सुर्खेत

कर्णाली प्रदेश भित्रका १० जिल्लाबाट अख्तियारमा उजुरीका चाङ नै लागेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे कार्यालय सुर्खेतमा १० जिल्लाबाट हालसम्म १९ सय भन्दा बढि उजुरी परेका छन्। आयोगका सूचना अधिकारी रत्‍नचन्द्र गौतमका अनुसार पछिल्लाे समय सबै जिल्लाबाट उजुरी पर्नेकाे संख्या बढ्दाे छ। उनले थपे”चालु आर्थिक वर्षको माघ महिनासम्मकाे उजुरीसंख्या १ हजार पुग्नै लागेकाे छ,संख्या अझ बढ्दाे छ। मुद्दाकाे अनुसन्धान धमाधम धइरकेकाे उनले बताए।

अख्तियारका अनुसार प्रदेशभरीबाट सबै भन्दा बढि सुर्खेत जिल्लाबाट हालसम्म् ३ सय ८४ वटा मुद्दा दर्ता भएका छन्। चालु आर्थिक वर्ष ७ महिना भित्र मात्रै २ सय ६ वटा मुद्दा दर्ता भएका छन्। जसमध्धये १ सय २५ वटा फर्छ्याैट भएका छन् भने २ सय ५९ वटा मुद्दा अनुसन्धानकै क्रममा छन्।

दाेस्राेमा दैलेखबाट ३०५ वटा उजुरी दर्ता भएकोअख्तियारले जनाएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १ सय ६१ वटा मुद्द दर्ता भएका छन्। कुल उजुरी मध्धे १ सय ७ मुद्दा फर्छ्याैट भएका छन् भने १ सय ९८ उजुरीकाे अनुसन्धान जारी छ।

तेस्राेमा मुगुबाट हालसम्म १ सय ९२ वटा उजुरी दर्ता भएकोअख्तियारले जनाएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ८७ वटा मुद्द दर्ता भएका छन्। कुल उजुरी मध्धे ३५ मुद्दा फर्छ्याैट भएका छन् भने १ सय ५७ उजुरीकाे अनुसन्धान जारी रहेकाे अख्तियारले जनाएकाे छ।

क्रमस  कालिकाेटबाट हालसम्म १ सय ८६ वटा उजुरी दर्ता भएकोअख्तियारले जनाएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ७१ वटा मुद्द दर्ता भएका छन्। कुल उजुरी मध्धे २८  मुद्दा फर्छ्याैट भएका छन् भने १ सय ५८ उजुरीकाे अनुसन्धान जारी छ।

यस्तै हुम्लाबाट हालसम्म १ सय ७० वटा उजुरी दर्ता भएकोअख्तियारले जनाएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ७५ वटा मुद्द दर्ता भएका छन्। कुल उजुरी मध्धे १४ मुद्दा फर्छ्याैट भएका छन् भने १ सय ५६ उजुरीकाे अनुसन्धान जारी रहेकाे अख्तियारले जनाएकाे छ।

जुम्लाबाट कुल १ सय ६७ उजुरी मध्धे चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १ सय ५ वटा मुद्द दर्ता भएका छन्। चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १ सय ५ वटा मुद्द दर्ता भएका छन्। कुल उजुरी मध्धे ५० मुद्दा फर्छ्याैट भएका छन् भने १ सय १७ उजुरीकाे अनुसन्धान जारी रहेकाे अख्तियारले जनाएकाे छ।

यस्तै पश्चिम रूकुमबाट हालसम्म १ सय ५६ वटा उजुरी दर्ता भएकोअख्तियारले जनाएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ८३ वटा मुद्द दर्ता भएका छन्। कुल उजुरी मध्धे ४१ मुद्दा फर्छ्याैट भएका छन् भने १ सय १५ उजुरीकाे अनुसन्धान जारी रहेकाे अख्तियारले जनाएकाे छ।

यस्तै जाजरकाेटबाट हालसम्म १ सय ४४ वटा उजुरी दर्ता भएकोअख्तियारले जनाएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ६६ वटा मुद्द दर्ता भएका छन्। कुल उजुरी मध्धे २९ मुद्दा फर्छ्याैट भएका छन् भने १ सय १५ उजुरीकाे अनुसन्धान जारी रहेकाे अख्तियारले जनाएकाे छ।

यस्तै सल्यानबाट हालसम्म १ सय २० वटा उजुरी दर्ता भएकोअख्तियारले जनाएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ७३ वटा मुद्द दर्ता भएका छन्। कुल उजुरी मध्धे ४४ मुद्दा फर्छ्याैट भएका छन् भने ७६ उजुरीकाे अनुसन्धान जारी रहेकाे अख्तियारले जनाएकाे छ।

यस्तै डाेल्पाबाट हालसम्म ९३ वटा उजुरी दर्ता भएकोअख्तियारले जनाएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ५१ वटा मुद्द दर्ता भएका छन्। कुल उजुरी मध्धे २० मुद्दा फर्छ्याैट भएका छन् भने ७३ उजुरीकाे अनुसन्धान जारी रहेकाे अख्तियारले जनाएकाे छ।

मुद्दा दर्ताकाे संख्या हेर्दा कर्णालीमा भ्रष्ट्राचारकाे उत्कर्षमा छ भन्नेमा दुइमत छैन। अख्तियारले कति मुद्दामा भ्रष्ट्राचार भएकाे पुष्टि गर्दै विषेश अदालतमा समेत मुद्दा दर्ता गरेकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img