डाेल्पा, माघकाे अन्त्यतिर हिमाली जिल्ला डाेल्पामा हिमपात भएकाे छ। कर्णालीका उच्च हिमाली जिल्लाहरूमा हिमापातसँगै चिसाे बढेर माइनसमा झरेकाे छ। बत्ति,नेटवर्क र हवाइ उडान जस्ता सेवा प्रभावित भएका छन्। चिसाे अत्यधिक बढेकाेले मान्छेहरू घरभित्रै अागाे तापेर बसिरहेका छन्। खेतीकाे लागि हिंउ अावश्यक रहेकाेले कृषक भने खुशी छन्।



















