spot_img

चिट काटेकाे भन्दै ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार

spot_img

सर्लाही – जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही, नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ । चिट काटेकाे भन्दै छुरा प्रहार गरेकाे अनुमान प्रहरीकाे छ।

ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि आज कार्यालयमै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक मदन थापाले जानकारी दिनुभयो । छुरा प्रहार गर्ने रौतहटको राजपुर नगरपालिका–१ घर भएका यमामुद्दिन देमानलाई प्रहरीले पक्राउ गरेको छ ।

छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको छ । घाइते महतोको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img