spot_img

टीआरसीबारे प्रचण्ड–ओलीःअघि बढाउन सहमत

spot_img

काठमाडौँ,संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् । तर, विधेयक अगाडि बढाउने प्रक्रियाका सम्बन्धमा दुबै नेता सहमतिमा पुग्न सकेका छैनन् । एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहान सिंहदरवारस्थित उनकै कार्यकक्षमा पुगेका थिए । भेटपछि एमाले अध्यक्ष ओलीले नै टीआरसीबारे छलफल भएको जानकारी दिए ।

‘शान्ति प्रक्रियाका बारेमा बाँकी कामहरु टुंग्याउने सम्बन्धमा, खासगरी यो विधेयममाथि समिति (संसदीय विषयगत समिति)मा छलफल भइराखेको छ । त्यसलाई राम्ररी मिलाएर छिट्टै टुंग्याउँ भन्ने भएको छ’ अध्यक्ष ओलीले पत्रकारहरु सित भने । पत्रकारहरुले मिल्न बाँकी विषयहरु मिलेका हुन भनी सोधेको प्रश्नमा उनले भने, ‘यथावतै छ ।’ नमिलेका विषय कसरी मिल्छन भन्ने प्रश्नमा एमाले अध्यक्ष ओलीको जवाफ छ, ‘बहुमतले किन पास गर्नुप¥यो ? राम्रो बनाएर सहमतिले पास गरे भइयो नि ।’

नेताहरुका अनुसार ओलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सहमति हुन नसके टीआरसी विधेयक प्रक्रिया (बहुमत÷अल्पमतका आधारमा) अनुसार अगाडि बढाउने सम्बन्धमा सत्तारुढ दलहरुका बीचमा छलफल चलेको स्मरण गराएका थिए । जवाफमा अध्यक्ष ओलीले ‘सरकारसँग बहुमत हुने सबैले बुझेको तर, शान्ति प्रक्रिया जस्तो विषयमा बहुमत÷अल्पमत गर्दा त्यसले ल्याउने परिणाम ख्याल गर्न’ प्रधानमन्त्री प्रचण्डलाई सुझाएका थिए ।

नेताहरुका अनुसार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको भेटका आधारमा टीआरसीमा मिल्न बाँकी रहेका विषयमा सत्तारुढ दलले लिखित धारणा बनाउने र त्यसलाई सरकारको तर्फबाट संसदीय समितिमा लैजाने मध्यमार्गी प्रस्ताव अगाडि बढेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img