spot_img

नेकपा विवादःखुमलटारमा ओली–प्रचण्डबीच फेरी भयाे चर्काचर्कि !

spot_img

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच खुमलटारमा शनिबार भएको भेटवार्ता पनि सवाल जवाफमै सिमित बनेको छ । ओली र प्रचण्डबीच झण्डै ३५ मिनेट एक्लाएक्लै भएको वार्तामा दुवै अध्यक्षले पूर्ववत अडान नछोडेपछि विवाद जस्ताको तस्तै रहेको हो ।

शनिबार बिहान ११ बजे प्रधानमन्त्रीसमेत रहेका ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए । ओलीसँगको भेटवार्ताका क्रममा कार्यकारी अध्यक्ष प्रचण्डले सम्वाद सुरु गर्दै नेकपा ठूलो त्याग, तपस्या र बलिवादनबाट बनेको पार्टी भएकाले हरहालतमा फुटबाट जोगाउनुपर्ने धारणा राखेका थिए ।

‘यो पार्टी तपाईं हामी सबैको त्याग, तपस्या र बलिदानबाट बनेको हो । यसप्रति धेरै जनता र नेता कार्यकर्ताको भरोसा पनि छ । त्यसकारण पार्टी एकतालाई मजबुुत बनाउनुपर्ने जिम्मेवारी हामीममा छ । त्यसै भताभुंग हुन दिनुहुँदैन,’ प्रचण्डले कुराकानीका क्रममा भनेका थिए, ‘यसले कसैको पनि भलो गर्दैन ।’

प्रचण्डले आफ्ना भनाइ राखेपछि बोलेका ओलीले ‘पार्टी एकता कायम राख्ने हो, तर त्यो गर्न पहिला तपाईंले ममाथि लगाएको आरोपपत्र फिर्ता गर्नुस्’, भनेर प्रचण्डलाई आग्रह गरेका थिए ।

जवाफमा प्रचण्डले त्यो अभियोगपत्र नभएको भन्दै दस्तावेजका रुपमा आएको स्मरण गराएका थिए । ‘त्यो आरोपपत्र वा अभियोपत्र जे भन्दै हुनुहुन्छ त्यसो हाइन, त्यो त पार्टीको दस्तावेज भइसक्यो र अब मैले फिर्ता लिएर पनि फिर्ता हुदैन’, ओलीलाई प्रचण्डको जवाफ थियो ।

प्रचण्ड त्यतिमात्रै रोकिएन् । उनले उक्त प्रस्ताव ओलीकै कारण आएको पनि दोहोर्याएका थिए । ‘तपाईंले गर्दा नै त्यो प्रस्ताव आएको हो । बरु पार्टी कमिटीमा पुगिसकेकाले त्यो प्रस्ताव त्यही छलफल गरेर जे गर्दा उचित हुन्छ त्यही गरौँला’, प्रचण्डले ओलीलाई आस्वस्त पार्ने प्रयास गरेका थिए । ‘पार्टी कमिटीले जे निर्णय गर्छ त्यो स्वीकारौला । कमिटिले फिर्ता लिनु भन्यो भने त्यहीँ लिउँला,’ प्रचण्डले यति भनेपछि ओलीको मुड बदलिएको थियो ।

ओली र दाहालबीचको सवाल जवाफ चल्दै गर्दा उपाध्यक्ष वामदेव गौतम पनि पुगेका थिए । गौतम भने दुई नेताको सवालजवाफ सुनेर बसेका थिए । ओलीको प्रस्ताव फिर्ता लिनुपर्ने आग्रहलाई प्रचण्डले अस्वीकार गरेपछि ओली ‘पहिला प्रस्ताव फिर्ता नलिने भए केही पनि हुन्न’ भन्दै उठेर हिँडेका थिए । खुमलटारबाट निस्केपछि ओली सचिवालय सदस्य रामबहादुर थापा वादललाई भेट्न पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका थिए ।

नेकपाको स्थायी समिति बैठक पुस ५ गते आइतबार बस्दैछ । उक्त बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गरेर निर्णय गर्ने कार्यसूची छ । तर यही विचमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश संशोधन गरेर आफुअनुकुलका नियुक्तीहरु गर्न बाटो खोलेका थिए । जसको पार्टीभित्र र बाहिरसमेत चर्को विरोध भइरहेको छ । अध्यादेश फिर्ता बुधबार बसेको बैठकले निर्देशन गरेपनि ओलीले अझै फिर्ता गरेका छैनन् । अध्यादेश फिर्ता नगरे प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समुह पुनः संसदको विशेष महाधिवेसन माग गर्ने तयारीमा छन् । राताेपाटीमा खवर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img