spot_img

कर्णाली प्रदेशसभाको स्थापना दिवशःपहिलेकाे भन्दा किन भयाे खल्लाे? सत्तारूढ देखि प्रतिपक्षका सांसदले गरे बेवास्ता

spot_img

सुर्खेत,कर्णाली प्रदेशसभाको छैटौं स्थापना दिवसको कार्यक्रममा आइतबार झण्डै आधाजसो प्रदेशसभा सदस्यहरु अनुपस्थित भए । २१ माघ २०७४ मा पहिलो बैठक बसेको दिन पारेर आयोजित स्थापना दिवशको कार्यक्रममा ४० मध्ये २६ सांसद मात्र उपस्थित भए । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, कांग्रेसकै सांसदहरू राजीवविक्रम शाह, सुरेश अधिकारी, देवेन्द्र शाही, एमाले सांसद विनोदकुमार शाह, शेरबहादुर बुढा, दक्षिणा शाही, माओवादीबाट कृषि मन्त्री भीमप्रकाश शर्मा, सांसद विन्दमान विष्ट, महेन्द्र केसी, लगायतका सांसदहरू कार्यक्रमका सहभागी भएनन् ।

कार्यकालका हिसाबले दोस्रो कार्यकालका सांसदका लागि यो पहिलो स्थापना दिवस थियो । सत्तापक्षकै सांसदहरु आफ्नै स्थापना दिवसमा उपस्थित नहुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता यमलाल कँडेलले प्रदेश सभाको गरिमा र प्रभावकारितामाथि नै प्रश्न उठाए । उनले प्रदेश सभाको भूमिका निष्प्रभाबी र कमजोर भएको समेत बताए ।

‘हिजोको भन्दा आज प्रदेश सभा निष्प्रभावी र कमजोर बनेको छ । त्यसलाई प्रभावकारी बनाउने प्रदेशसभा सचिवालयको प्रमुख जिम्मेवारी हो,’ नेता कँडेलले भने, ‘अवस्था देख्दा सामान्य लाग्छ, तर जटिल छ । अहिलेको जस्तै दिनचर्या र बुझाइ भयो भने धेरै पर हैन । भोलि, पर्सि दिनदिनै कठिन परिस्थिती निर्माण हुनेछन् ।’

मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश संरचनामाथि प्रश्न उठाइने कुरा भ्रमपूर्ण रहेको बताए । ‘अहिले नै संघीयतामाथि प्रश्न उठाइनु भ्रमित कुरा हो’, स्थापना दिवसको कार्यक्रममा उनले भने, ‘संघीयता र प्रदेश संरचनामाथि दिन प्रतिदिन विश्वास घट्दो छ भन्ने कुरा सत्य होइन, यस्ता भ्रमित कुराको पछि लाग्नु हुँदैन ।’

उनले प्रतिगामी प्रवृत्ति र सोच भएकाहरुले नै संघीय संरचनामाथी प्रश्न उठाएको बताए । ‘प्रदेश भारी भयो भन्नेहरुलाई म पञ्चायतकालको संरचना हेर्न अनुरोध गर्छु’ उनले भने ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img