spot_img

कर्णाली प्रदेशसभा अर्थ समितिका सभापति गणेशप्रसाद सिंहले प्रदेशकै बेइज्जत गरेःसरकारी गाडीले घाँस बोक्ने देखि छाेराकाे माेजमस्तीसम्ममा प्रयाेग

spot_img

वीरेन्द्रनगर,कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहकोको गाडी शनिबार दिन घाँस बोकेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । सभापति सिंह चढ्ने गाडी कर्णाली प्रदेश ०२–००१ झ ००४० नम्बरको उक्त गाडीले वीरेन्द्रनगर नगरपालिका–११ भेरीबाट घाँस लिएर आउँदै गर्दा सुब्बाकुनास्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबारका दिन सरकारी गाडी घाँस बोकेर चलाएको देखेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सभापति सिंहले गाडी आफ्नो छोरालाई नेपालगञ्ज विमानस्थल पु¥याउन गएको र आफू सुर्खेतस्थित पश्चिम बराहतालको बड्डीचौर भएको सभापति सिंहले बताए ।

गाडी छोरालाई पु¥याउन शनिबार बिहान गएको थियो । म योजना आयोगको गाडीमा बड्डीचौर आएको छु,’ उनले भने, बाटोमा फर्किंदा ड्राइभरले घाँस बोकेर ल्याएको हुनसक्छ ।’ प्रदेशसभा संसदीय समितिको सभापतिको हैसियतमा सिंहलाई यातायात सुविधाका लागि गाडी प्रदान गरिएको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img