spot_img

डाेल्पाकाे त्रिपुरा मा.विमा आगलागिः४ कोठे भवन जलेर ध्वस्त,सबैगरि ४५ लाख बराबरकाे क्षति भएकाे अनुमान

spot_img

डोल्पा,हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका–१ मा पर्ने त्रिपुरा माध्यमिक विद्यालयको भवन आगलागी भएको छ। विद्युत लाइन सर्ट भएर भएको आगलागीबाट विद्यालयको ४ कोठे प्रशासनिक जलेर नष्ट भएको हो। आगलागीबाट भवन, ल्यापटप, नगदसहित ४५ लाख बराबरको क्षति अनुमान गरिएकाे विद्यालयका प्र.अ जयवहादुर बस्नेतले जानकारि दिए।

एक्कासि भएको आगलागीबाट भवन,५ वटा ल्यापटप,२ कलर प्रिन्टर,प्रोजेक्टर,२ लाख नगदसहित अन्य महत्त्वपूर्ण सामानसहित कागजातहरू जलेर नष्ट भएको प्र.अ  बस्नेतकाे भनाइ छ। आगो नियन्त्रणका लागि डोजर लगाएर भवन भत्काइएको थियो।

डाेल्पाकाे जगदुल्ला गाउँपालिका २ काईगाउँमा रहेकाे श्री त्रिपुरा माध्यमिक बिधालयकाे प्रशासनिक भवनमा आइतबार दिउसोको समयमा आगलागी भएको थियाे। स्थानीय बासिन्दा,प्रहरी,सेना,कर्मचारी लगाएतकाे सहयाेगमा आगाे निभाइएकाे स्थानीय युवा मिलन बुढाथाेकिले जानकारी दिए।

मैले बाल्यकालमा पढाइ र राजनीतिक यात्रा शुरू गरेकाे विद्यालयमा भएकाे दुखद घटनाले निशव्द बनाएकाे कर्णाली प्रदेशसभा सदस्य विरवहादुर शाहीले बताए। क्षतिपुर्तीकाे को लागि प्रदेश र केन्द्र सरकारकाे ध्याकर्षण गराउने बाचा समेत गरेका छन्।

जिल्लाकाे मात्रै नभएर प्रदेशकै उत्कृष्ट सरकारी विद्यालयमा पर्ने यस विद्यालयमा भएकाे अकल्पनिय घटनाले सबैलाइ दुखि तुल्याएकाे गाउँपालिका अध्यक्ष नारासिंह राेकायाले बताए। यस दुखद घडीमा संघ,प्रदेश सरकारकाे सहयाेगकाे अपेक्षा गरेकाे  गाउँपालिका अध्यक्ष राेकायाकाे भनाइ छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img