spot_img

पूर्ण बहुमत ल्याएर स्थिर सरकार बनाउने सहित एमालेलाई मिसन-८४ शुरूःअध्यक्ष ओली

spot_img

३० वर्षपछि महोत्तरी सदरमुकाम जलेश्वर आएका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मिसन ८४ लिएर जलेश्वर आएको बताएका छन्।आगामी निर्वाचनमा एमालेलाई पूर्ण बहुमतका साथ जिताएर स्थिर सरकार बनाउन एमालेले ‘मिसन ८४’ सुरु गरेको ओलीको भनाइ थियो। एमाले महोत्तरीको छैठौँ जिल्ला अधिवेशनको खुला सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

एमालेको सरकार हुँदा देशमा सडक, हवाई, रेललगायतको विकास द्रुत गतिमा भएको जिकिर गर्दै उनले वर्तमान सरकारले एमाले सरकारबाट सुरु गरिएका कामसमेत पूरा गर्न नसकेको आरोप लगाए। देशमा विकासको लागि एमालेको विकल्प गठबन्धन सरकार हुनै नसक्ने उनको दाबी छ।

अध्यक्ष ओलीले छिमेकीहरूसँग समेत शिर उठाएर गठबन्धन सरकार कुरा गर्न सक्ने अवस्थामा नरहेको भन्दै देश गलत व्यक्तिहरूको हातमा गएको आरोप लगाए। एमाले गरिब र निमुखा जनताको पार्टी भएको भन्दै उनले आगामी निर्वाचनमा एमालेलाई कम्तीमा ५१ प्रतिशत मतदान गर्न अनुरोध गरे।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img