spot_img

भारतले बनायाे टेस्टमा सबैभन्दा कम रन बनाउने रेकर्ड , अष्ट्रेलियाविरूद्ध ३६ रनमा अलआउट

spot_img

सिरिजको पहिलो खेलको दोस्रो इनिङमा भारतले खराब रेकर्ड राख्दै ३६ रन मा अलआउट भयो। भारतले इतिहासकै खराब प्रदर्शन गर्दै सबै विकेटको क्षतिमा ३६ रनमात्रै बनाउन सक्यो। सन् १९७४ जुन २४ तारिखमा भारतले इंग्ल्यिान्डविरुद्ध खराब प्रदर्शन गर्दै ४२ रन बनाएको थियो। टेस्ट क्रिकेटमा भारतको यो नै सबै भन्दा न्यून स्कोर थियो। तर अस्ट्रेलियाविरुद्धको ३६ रन भारतको सबै भन्दा न्युन स्कोर बनेको छ। कुनैं पनि भारतीय ब्याट्सम्यानले यो खेलमा दोहोरो अंकमा रन बनाउन सकेनन्।

टेस्टमा हालसम्मको सबैभन्दा न्यून स्कोर न्युजिल्याण्डको छ। उसले सन् १९५५ मा इंग्ल्याण्डविरुद्धको खेलमा मात्र २६ रन बनाएको थियो। भारतले ३६ रन बनाउने क्रममा ब्याट्सम्यानको सर्वाधिक नै ९ रन रह्यो। मयंक अग्रवालले ९ रन बनाउँदा हनुमा विहारीले ८, पृथ्वी शा, कप्तान विराट कोहली, रिद्धिमान साह र उमेश यादवले समान ४–४ रन बनाए।

भारतले चार विकेट त शून्य रन मै गुमाएको छ। सात रन हुँदा पहिलो विकेट गुमाएको भारतले १५ रन हुँदा दोस्रो विकेटको रुपमा जसप्रित बुमराहलाई गुमाएको थियो। त्यसपछि ११.२ ओभरमा १५ रन हुँदा नै चेतेश्वर पुजारा, १२.१ ओभरमा मयंक अग्रवाल र १५ रन हुँदा नै १२.५ ओभरमा अजिंक्या राहाने आउट भए। एकपछि अर्को विकेट गुमाएको भारतको केही चलेन।

अस्ट्रेलियाका लागि जोश हजलवोडले पाँच ओभरमा तीन ओभर मेडनसहित आठ रन खर्चिएर पाँच विकेट लिए। त्यस्तै, पट कुम्मिन्सले चार विकेट लिए। भारत ३६ रन मै अलआउट भएसँगै अस्ट्रेलियाले ९० रनको सामान्य लक्ष्य पाएको छ।

यसअघि टस जितेर पहिलो इनिङमा ब्याटिङ गरेको भारतले सबै विकेटको क्षतिमा २४४ रन बनाएको थियो। अस्ट्रेलियाले भने आफ्नो पहिलो इनिङमा १९१ रन बनाएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img