spot_img

पूर्वराष्ट्रपति डा. यादव भन्छन्– प्रतिनिधिसभा विघटन असंवैधानिक, सर्वोच्चको ध्यान पुग्नैपर्छ

spot_img

पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले ध्यान दिनुपर्ने बताएका छन् । त्रिविको ४६औँ दीक्षान्त समारोहका प्रमुख अतिथि पूर्वराष्ट्रपति डा. यादवले प्रधानमन्त्रीबाट चालिएको कदम संवैधानिक, राजनीतिक र नैतिक रूपले नमिलेको बताएका हुन् ।

पूर्वराष्ट्रपति डा. यादवले भने, ‘जनताको सर्वोच्च निकाय प्रतिनिधिसभाबाट सबै छिनोफानो गरेर अगाडि बढ्नुपर्ने राष्ट्रको आवश्यकता हो । संवैधानिक बाटोबाट सबै समस्या समाधान गर्नुपर्दथ्यो, संविधानविपरीत उहाँ (प्रधानमन्त्री)ले कदम चाल्नुभएको छ । यसले राष्ट्रपतिको संस्थाप्रति पनि आज देशवासीले कुरा उठाएको छ । देशको अभिभावक भएको संस्थालाई जसले प्रतिनिधित्व गर्दछ त्यसको गरिमा, मर्यादा, संविधानको मर्म र भावनाअनुसार कहीँ मिलेको छैन ।

त्यसैले गर्दा उहाँ (राष्ट्रपति) पनि आफ्नो दायित्वमा चुक्नुभएको छ । लोकतन्त्र र गणतन्त्रको बाटोमा आघात भएको छ । प्रधानमन्त्रीको कदमले राष्ट्रपतिको संस्थालाई चोट पु¥याएको छ । मलाई विश्वास छ, सर्वोच्च अदालतको ध्यान पुगोस्, ध्यान पुग्नैपर्छ । यसमा ध्यान पु¥याउन मेरो विनम्र अनुरोध पनि छ । आज नेपालका चेतनशील जनता मर्माहत भएका छन् । आज मर्माहत भएर मैले यो कुरा भनिरहेको छु ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img