spot_img

त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

spot_img

काठमाडौं,नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालको कप्तानी रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले गर्नेछन् ।

नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि जित्न चाहन्छ । नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो । २०२२ को त्रिकोणात्मक टी-२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो ।

यस सिरिजमा नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल खेलेको हो । नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो । नामिबिया ३ अंकका साथ पुछारमा रहेर बाहिरिएको थियो ।

नेपाल नामिबियासँग २० रन र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । त्यसपछि खेलमा पुनरागमन गर्दै नेपालले नामिबियालाई तीन रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । पछिल्लो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १२० रनमा अल आउट गरेको थियो ।

ओपनर माइकल लेभिटको विकेटमा नेदरल्यान्ड्सको प्रदर्शन धेरै निर्भर हुने देखिन्छ । लेभिटले नामिवियाबिरुद्ध १३५ रनको विष्फोटक शतक हानेका थिए । नेपालसँग पहिलो खेलमा डेब्यूमै अर्धशतक प्रहार गरेका थिए ।

म्याक्स ओडाउड, स्कट एडवार्ड्स र साइब्रान्ड एंगेलब्रेक्ट प्रमुख ब्याटर हुन् । नेदरल्यान्ड्सको मध्यक्रम र तल्लोक्रम ब्याटिङ कमजोर छ । शीर्षक्रमका विकेट सुरुवातमा लिन सके उपाधि यात्रा सहज हुनसक्छ ।

यता नेपालको शीर्षक्रम भने चल्न सकेको छैन । दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेखले संघर्ष गरेका छन् । विशेषगरी कुशल भुर्तेलबाट आजको खेलमा नेपाल सानदार प्रदर्शन चाहन्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको ब्याटिङ र बलिङ दुवै महत्वपूर्ण हुनसक्छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img