सुर्खेत,कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा बिकास मन्त्री उर्मिला बिश्वकर्माले नविकरणीय उर्जाका कार्यक्रमहरूमा मन्त्रालय सहकार्य गर्न तत्पर रहेकाे बताउँनु भएकाे छ। मंगलबार मन्त्रालयका सि.डि.ई गोपाल शर्मा र बैकल्पिक र्उजा प्रवर्द्धन केन्द्र अन्तरगतको नेपाल नविकरणयि उर्जा कार्याक्रमका टिम लिडर सुमन बस्नेत,कर्णाली प्रदेश संयोज रोशन शाह लगाएतका कर्मचारीहरुसँगकाे छलफलमा नवकिरणीय उर्जाका कार्यक्रममा मन्त्रालयले सहकार्य गर्ने बताउँनु भएकाे हाे।
मन्त्री विश्वकर्माले कर्णालीका दुरदराजका वस्तीहरु अझै अन्धकारमा रहेको बताउँदै दिर्घकालिन योजनामा लगानी गर्न सबैलाइ आग्रह गर्नुभयो। संघ र स्थानीय सरकार विभिन्न संघ संस्था र प्रदेश सरकार सबै मिलेर उज्यालो कर्णालीको नारालाइ साकार पार्नुपर्ने बताउनु भयो। उज्यालो कर्णाली अभियानलाइ साकार पार्न प्रदेश सरकार र आफुँ सधैं तत्पर रहेको भनाइ राख्नुभयो ।
टिम लिडर बस्नेतले कर्णाली प्रदेशका उच्च हिमाली भेगका स्थानीयतहहरुमा सौंर्य उर्जा प्रणाली तथा विद्युतिकरण योजनाहरुका सम्वन्धमा विभिन्न नवकिरणीय उर्जाका कार्यक्रमहरुमा लगानि गर्ने र विग्रेर रहेका जलविद्युत आयोजनामा ५० प्रतिशत लगानी गर्न तयार रहेका बताए।
छलफलले चाँडै आवश्यताको पहिचान गरेर योजनाहरु लागु गर्ने तर्फ सबै जुट्ने सहमति समेत भएको छ।