spot_img

नयाँ सत्तागठबन्धनको भगबण्डा मिल्यो:कुन दलले कुन कुन मन्त्रालय पाए अनी को को बन्दै छन् त मन्त्री ?

spot_img

नयाँ सत्तागठबन्धनमा सहभागी दल एमाले, माओवादी र रास्वपाले मन्त्रीहरूको नाम टुंग्याएको छ । जसपाले भने अहिलेसम्म नाम नपठाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।आजै साँझ पाँच बजे मन्त्रालयगत जिम्मेवारीसहित मन्त्रीहरूको शपथ गराउने तयारी भएको छ । राष्ट्रपति कार्यालयमा शपथ तयारी भइरहेको छ ।

सरकारमा सबैभन्दा ठूलो दल एमाले आठ मन्त्रीसहित सहभागी हुँदैछ । एमालेको नेतृत्व रघुवीर महासेठले गर्दैछन् । उनी उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्री बन्दैछन् ।महासेठसँगै बलराम अधिकारीले नयाँ मौका पाउँदा यसअघि गत १० पुसमा प्रचण्ड नेतृत्वको सरकारमै मन्त्री रहेकाहरूलाई नै एमालेले पुनः मौका दिएको हो ।

पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा राजेन्द्रकुमार राई, रक्षामन्त्रीमा हरिप्रसाद उप्रेति, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, महिला, बालबालिका तथा जेष्ठ नागरिकामा भगवती चौधरी र कृषि तथा पशुपन्छी विकासमा ज्वालाकुमारी साह मन्त्री बन्दैछन् । एमालेबाट पदम गिरीले विनाविभागीय मन्त्रीको शपथ लिइसकेका छन् ।

सरकारको नेतृत्व गरिरहेको माओवादीले पाँच मन्त्रालय पाएको छ । यसअघि उपप्रधानमन्त्रीसहित गृहमन्त्री रहेका उनी उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्दैछन् । अर्थमन्त्रालयको जिम्मेवारी वर्षमान पुनले पाउँदैछन् भने यसअघिका दुई मन्त्री रेखा शर्मा र शक्ति बस्नेत दोहोरिएका छन् । शक्तिले ऊर्जा, जलस्रोत तथा सिँचाइमै र शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा दोहोरिँदैछिन् । विनाविभागीय मन्त्रीको शपथग्रहण गरिसकेका हितबहादुर तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्दैछन् ।

रास्वपाले चार मन्त्रालय पाएको छ । उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछाने, श्रम मन्त्रालयमा डिपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामन्त्री सुमना श्रेष्ठ बन्दैछिन् ।

चारदलीय गठबन्धनमा रहेको जसपाले भने अहिलेसम्म मन्त्रीको नाम टुंग्याएको छैन । सरकारमा सहभागिताको लागि औपचारिक प्रस्ताव पाएको एकीकृत समाजवादीको बैठक बसिरहेको छ । एकीकृत समाजवादी स्रोतका अनुसार दुई मन्त्री लिएर आजै सरकारमा सहभागी हुने सम्भावना देखिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img