spot_img

वैकल्पिक गठबन्धनको कसरतमा कांग्रेसःगठबन्धन भत्काएर नयाँ सरकार बनाउने दाउमा

spot_img

अप्रत्याशित राजनीतिक घटनाक्रमसँगै गठबन्धन भत्किएपछि विपक्षी बेन्चमा पुगेको कांग्रेसले वैकल्पिक गठबन्धनको कसरत थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट धोका भएको निष्कर्ष निकालेको कांग्रेस, सरकारले विश्वासको मत लिने वेलासम्म वैकल्पिक गठबन्धन गराउने गरी दौडधुपमा लागेको हो ।

कांग्रेस कार्यसम्पादन समिति बैठकले मंगलबार गठबन्धन तोडिनु अप्रत्याशित धोका रहेको र नयाँ गठबन्धन निर्माणले राजनीतिक अस्थिरताको सिर्जना गरेको विश्लेषण गर्दै सशक्त र प्रभावकारी प्रतिपक्षको भूमिका निभाउने निर्णय गरेको थियो । तर, बुधबार कांग्रेसको मूल नेतृत्व वैकल्पिक गठबन्धन बनाउन दौडधुपमा व्यस्त देखियो । यति मात्र होइन, संवाद जारी राख्ने कांग्रेस नेताहरूले बताएका छन् ।

बुधबार बिहान सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र प्रमुख सचेतक रमेश लेखकलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वरमा पुगेका थिए । बिरलै अरूको घर धाउने देउवाको नेपालको स्वास्थ्य अवस्था बुझ्न भन्दै उनको घरमा पुगेपछि नयाँ गठबन्धनका नेताहरू पनि झस्किए ।

सोमबार प्रधानमन्त्री प्रचण्ड एक्लैले र मंगलबार एमाले अध्यक्ष केपी ओलीसहित नेपालसँग भेट गरेका थिए । भोलिपल्टै कांग्रेस सभापति देउवाले नेपाललाई भेट्नु सशक्त र प्रभावकारी प्रतिपक्षको भूमिका निभाउने निर्णयसँग मेल खाने खालको थिएन ।

भेटमा सहभागी लेखकले परिवर्तित राजनीतिक अवस्थाबारे छलफल भएको र भेटलाई निरन्तरता दिने प्रतिक्रिया दिए । ‘भेटमा परिवर्तित राजनीतिक विषयमा कुराकानी भयो । कुराकानी सकारात्मक भएको छ, यसलाई निरन्तरता दिन्छौँ,’ भेटपछि कांग्रेस नेता लेखकले भने ।

स्रोतका अनुसार नेपालसँग सभापति देउवाले सरकारमा जान हतार नगर्न भनेका थिए । उनले प्रधानमन्त्री प्रचण्डले धोका दिएको भन्दै पूर्वगठबन्धनका बाँकी घटक एक ठाउँमा रहनुपर्ने आवश्यकता रहेको बताएका थिए । यस क्रममा जसपा र एकीकृत समाजवादी, जनमोर्चा सरकारमा जान हतार गर्न नहुने देउवाको भनाइ थियो ।

भेटमा अध्यक्ष नेपालले पनि प्रचण्डले जानकारी नदिई गठबन्धन भत्काएको भन्दै असन्तुष्टि जनाएका थिए । साथै, पूर्वगठबन्धनको साथ रहन सकारात्मक रहेको जवाफ दिएका थिए । देउवासँगको भेटपछि बसेको एकीकृत समाजवादीको पाँच घण्टा लामो सचिवालय बैठकले सरकारमा जान पाँचबुँदे सर्त अगाडि सारेको थियो । त्यसपछि साँझ अध्यक्ष नेपाल बालुवाटार पुगेर प्रधानमन्त्रीलाई दुई मन्त्रीको नाम बुझाए । महामन्त्री गगन थापाले कांग्रेस प्रतिबद्ध रहँदारहँदै पनि माओवादीबाट धोका भएकाले सबै विकल्प खुला राखेर छलफलमा जुटेको बताए । अन्य शक्तिसँग संवाद र समझदारी बनाउने प्रयास भइरहेको उनको भनाइ छ ।

‘माओवादीले गठबन्धन भत्काएकाले हाम्रा लागि पनि सबैखाले विकल्प जायज भएका छन् । संसद्को अंकगणितका कारण बहुमत नपुगेको परिस्थितिमा कांग्रेसले के गर्नुपर्छ के गर्न सक्दछ र के गर्न हुन्छ भन्नेमा हामी सचेत छौँ,’ एक भिडियो क्लिप सार्वजनिक गर्दै थापाले भनेका छन्, ‘यो सरकार बन्छ बन्दैन, त्यो पनि हेरिरहेका छौँ । महत्वपूर्ण कुरा राजनीतिलाई निरन्तर अस्थिर बनाइराख्ने र च्याँखे थापिराख्ने शक्तिलाई ठीक ठाउँमा पु¥याउनुपर्छ । यसका निम्ति उपयुक्त समयमा उपयुक्त शक्तिसँग कसरी संवाद गर्ने र समझदारी बनाउने भन्नेमा हामी सचेत पनि छौँ र हामी काम पनि गरिरहेका छौँ ।’

अर्कोतिर शीतलनिवासमा मन्त्रीहरूको शपथ तयारी चलिरहँदा देउवानिवास बुढानीलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरीसँग कांग्रेस नेताहरू संवादमा थिए । सभापति देउवाले आफैँले टेलिफोन सम्पर्क गरेर ती दललाई निवासमै संवादका लागि बोलाएका थिए । छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री थापा, प्रमुख सचेतक लेखक र नेता शेखर कोइराला सहभागी थिए ।

जनमतका अध्यक्ष राउतका अनुसार समावेशी लोकतान्त्रिक शक्ति बनाउने विषयमा छलफल केन्द्रित थियो । गठबन्धन टुटेसँगै सैद्धान्तिक रूपमा ध्रुवीकरण देखिएको र लोकतान्त्रिक शक्तिलाई समेटेर लाने विषयमा छलफल भएको उनले बताए । ‘गठबन्धन टुटेसँगै देशमा सैद्धान्तिक रूपमा ध्रुवीकरण देखिएको छ । वामपन्थीहरूको ध्रुवीकरण देखिएकाले केही एजेन्डा फरक भए तापनि राप्रपालाई पनि रिझाएर बन्न सकिन्छ कि भन्ने छ । लोकतन्त्र जोगाउन लोकतन्त्रप्रति आस्था राख्ने सबै शक्ति समेटेर लाने विषयमा छलफल भएको छ । यसमा अरू दललाई पनि समेटेर जाने भनेका छौँ । सरकारले विश्वासको मत लिँदासम्म कस्तो रूपमा अगाडि बढ्छ, हेरेर निर्णयमा पुग्छौँ,’ राउतले भने ।

बैठकमा देउवाले लोकतान्त्रिक शक्ति मिलेर सरकार गठनको पहलका लागि प्रस्ताव गरेका थिए । देउवाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत आर्जन गर्न नसक्ने अवस्था आउने जिकिर गरेका थिए । ‘प्रधानमन्त्रीबाट धोका भयो । उहाँले विश्वासको मत आर्जन गर्न सक्नुहुन्न । राजनीतिक स्थिरताका लागि हामी एक ठाउँमा उभिनुको विकल्प छैन,’ छलफलमा देउवाले राखेको प्रस्तावबारे राउतले भने, ‘सैद्धान्तिक रूपमा ध्रुवीकरण भएको हुनाले लोकतन्त्रप्रति आस्था राख्ने सबै शक्ति मिलेर जानुपर्ने देखियो । अरू शक्तिलाई पनि यसमा समावेश गरेर सरकार बनाउने बाटोमा जाऔँ ।’

लोसपा नेता डा. सुरेन्द्र झाले कांग्रेससँगको छलफलमा पुराना गठबन्धनका घटकलाई समेत समेटेर नयाँ शक्ति बनाउनेबारे छलफल भएको बताए । ‘हामी निर्वाचनमा सँगै थियौँ । निर्वाचनलगत्तै एमालेसँग मिलेर पुरानो गठबन्धन ब्युँताउँदा पनि हामीले प्रचण्डजीलाई सहयोग गरेका हौँ । तर, उहाँले अप्रत्याशित रूपमा गठबन्धन तोड्नुभयो,’ उनले भने, ‘जे जति कारण देखाइएको छ, त्यसमा सत्यता छैन । हामी एकैठाउँमा बसेर काम गर्ने वातावरण बनाउनुपर्छ भनेर बैठक बोलाइएको थियो । प्रधानमन्त्रीले पनि बोलाउनुभएको छ, देउवाजीसँग पनि छलफल चलेको छ । हामी छलफलमा नै छौँ । कांग्रेसको मुभपछि सरकारमा जाने निर्णय गरिसकेको जसपासमेत अनिर्णीत छ । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img