spot_img

कांग्रेससँगको गठबन्धन ताेड्नुपर्ने कारणहरूबारे प्रधानमन्त्रीको जवाफ यस्ताे छ

spot_img

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो गठबन्धन तोडिनुमा कांग्रेस नै जिम्मेवार रहेको बताएका छन् । बिहीबार संसद्मान उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री दाहालले संघीय र प्रदेश निर्वाचनमा कांग्रेसबाट अपेक्षित तहमा सहयोग नभएकोदेखि कांग्रेस महासमिति बैठकमा भएका निर्णयहरू सम्मलाई कारणका रूपमा चर्चा गरेका छन् ।

कांग्रेससँगको गठबन्धन किन तोडियो ? यस्तो छ प्रधानमन्त्रीको जवाफ
प्रधानमन्त्री दाहालले भने, ’निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले जुन तहमा कांग्रेसलाई सघायो, त्यही तहमा आफूले सहयोग पाएन । त्यसले आपसी विश्वास कमजोर बनाएकै थियो, निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि नेतृत्व पछि हट्यो । एउटा परिस्थतिमा फेरि जोडिएपछि पछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै गर्योछ । गठबन्धनको नैतिकताको कसीमा त्यो “विद्रोह” दण्डित हुनुपर्ने थियो तर भयो पुरस्कृत । राष्ट्रिय सभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तरघातबाट पराजित नै गर्योर ।’

प्रधानमन्त्री दाहालले कांग्रेस महासमिति बैठकमा बिनासन्दर्भ गठबन्धनको निन्दा गरिएको पनि बताएका छन् । जुन गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनायो, त्यही गठबन्धनको निन्दा गरिएको उनको भनाइ छ । ’निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक थिएन,’ उनले भने ।

साथै कांग्रेस महासमिति बैठकमा स्टल नै राखेर धर्मका नाममा हस्ताक्षर अभियान चलाएकोप्रति पनि प्रधानमन्त्री दाहालले असन्तुष्टि जनाएका छन् । ’संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्मनिरपेक्ष र समाजवादउन्मुख संविधान निर्माणको मुख्य साझेदार रहेको नेपाली कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो, त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिबद्धतामै आशंका जनाउन सक्ने जमिन तयार ग¥यो,’ प्रधानमन्त्री दाहालले भने ।

त्यस्तै प्रधानमन्त्री दाहालले महासमितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको दानवीकरण नै गरिएको र ०४७ सालकै संविधान ठीक भएको आशयको प्रतिवेदन वितरण गरिएको पनि बताएका छन् । यी कुराले पनि विगतमा मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शंका र अविश्वासको वातावरण बनेको उनको भनाइ छ ।

सरकारका रूपमा हामीले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरे पनि तीव्रता दिन नसकिएको प्रधानमन्त्री दाहालको भनाइ छ । तेस्रो कार्यकालमा आफू केही काम गरौँ भनेर आए पनि गठबन्धनका केही घटकबाट मैले अपेक्षित साथ नपाएको उनको गुनासो छ । ’मैले यही सम्मानित संसदमा विश्वासको मत माग्दै गर्दा यही रोष्टमबाट भनेको थिएँ, तेश्रोपटक म प्रधानमन्त्रीमा नाम लेखाउन वा सिहंहदरबारमा अर्को कार्यकालको फोटो झुण्डयाउन यहाँ उभिएको छैन । एक वर्ष कार्यकाल पुरा भएपछिको सम्बोधनमा त मैले कार्यक्षमता प्रमाणित नभए वा देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके पद ओगटिनरहने घोषणा नै गरेको थिएँ । मेरो यो तहको प्रतिवद्धतामा गठबन्धनका केही घटकबाट मैले अपेक्षित साथ पाइनँ,’ उनले भने ।

सरकारको गतिसँग आफै असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले कांग्रेससँगको गठबन्धन तोडिएको कारणबारे भनेका छन्, ’मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिवद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ । त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन् । अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ । कसैलाई मेरो कदम अस्थिरता लाग्न सक्छ, कसैलाई गतिशीलता तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ । आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्न प्रतिबद्ध छु ।’

प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सत्तामै गएर आफूलाई प्रमाणित गर्ने चुनौतीपूर्ण बाटो रोजेको उनले बताएका छन् । ’नयाँ उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरूको पनि अब सरकारमा उल्लेखनीय प्रतिनिधित्व छ । सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प उहाँहरूसँग थियो तर सत्तामै गएर आफूलाई प्रमाणित गर्ने चुनौतीपूर्ण बाटो उहाँहरूले रोज्नुभएको छ । मेरो नेतृत्वप्रति उहाँहरूको भरोसालाई मैले एउटा ठूलो जिम्मेवारी मानेको छु,’ उनले भने ।

नयाँ गठबन्धनको दायरा थप फराकिलो बन्दै जाने विश्वास व्यक्त गर्दै एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्ने पनि प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाएका छन् । उनले भनेका छन्, ’गठबन्धनका सबै घटकका तर्फबाट म संकल्प गर्दछु, हाम्रो लक्ष्य सत्ता हुने छैन, सुशासन, सामाजिक न्याय र समृद्धि हुनेछ । मलाई विश्वास छ, सम्मानित संसद्ले यसको स्वामित्व लिनेछ ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img