सुर्खेत,कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा बिकास मन्त्री उर्मिला बिश्वकर्मा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिताम्मा सहभागीता जनाउनु भएको छ।
प्रतियोगितामा महिला र पुरुष टिमले संयुक्त खेलमा पुरुष टिमको कप्तानी कर्णाली प्रदेश सरकार जल श्रोत तथा उर्जा विकास मन्त्री विश्वकर्माले गर्नुभयको थियो भने
महिला टिमको कप्तानी कर्णाली प्रदेश सभा उप–सभामुख यसोदा न्यौपाने गर्नुभएको थियो।
सुर्खेत वीरेन्द्रनगर कालिन्चोक स्थित रग्बी मैदानमा भएको खेलमा दुबै टिमको एक÷एक गोलको बराबरीमा भएको थियो ।
कर्णाली प्रदेश सरकार जल श्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले खेलको बास्तविक अनुभूति खेल खेलिसकेपछि मात्र थाहा हुने भन्दै खेलाडीहरुसँग सँगै खेल खेल्दा रमाइलो अनुभूतिको भएको बताउँनु भयो ।कर्णाली प्रदेश सरकारको खेलकुद क्षेत्र उच्च प्राथमिकतामा रहेको जानकारी दिनुभयो।
खेल समापन पछी प्रदेश रंगशालाको समेत अनुगमन गरिएको थियो ।